प्रक्रियालाई सम्बोधन गर्दै असहमती राखौ

   नेपालको राजनीतिमा देखिएका विभिन्न खाले गतिवधिहरुलाई मध्यनजर गर्दै प्रतिक्रिया दिन नसकेर थकित भएर बसेका जनताहरुले यसपटक पनि संविधान सभावाट संविधान नआउने भयो भन्दै मनमा साँधेको चिन्ता केही हदसम्म घटेको छ ।
दोस्रो संविधान सभाबाट तोकिएको समयमै संविधान दिने भनेर विगतका चुनावहरुमा सामुहिक रुपमै जस्तो प्रतिबद्धता गरेका दलहरुले फेरी नौटंकी देखाउन थालेपछि सत्तापक्षले प्रक्रियागत रुपमा केही कुराको थालनी गरिएपछि त्यसले पक्कै पनि केही राम्रो कुराको संकेत गरेको देखिएको छ ।
बिचार र बहस जहाँपनि हुन्छ तर त्यस्तो बिचार जसले देश र जनताहरुलाई प्रत्यक्ष रुपमा घाटा पुग्ने गर्दछ त्यस्ता बिचारहरुलाई यो देशका नेताहरुले बुझ्नुपर्ने देखिन्छ ।
जनताहरुलाई अनिर्णयको बन्दि बनाएर देशको राष्ट्रियता लगायत आर्थिक    आधारहरु धरासाई हुँदै गएको पछिल्लो        परिस्थितीलाई मध्यनजर गर्दै संविधान निर्माणको लागि गरिएको प्रक्रियाको थालनीभित्र पनि विभिन्न आफ्ना समस्याहरुलाई राख्दै सहमतीका बाटाहरु खोज्नुपर्ने देखिएको छ ।
प्रक्रिया सुरु हुने बित्तिकै प्रतिपक्षिहरुले सात्तो गएझै गर्नुपनि         राम्रो होईन यसका लागि छलफल, बहस का अन्य बाटाहरु बन्द भएका छैनन् केवल जनताहरुलाई हिजोका दिनहरुमा गरिएका बाचाहरु र मुलुकलाई सँधै      भरी अनिर्णयको बन्दी बनाउने कुराहरुका बारेमा मात्रै बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार