युवाहरुले के सिक्दैछन् दलहरुबाट

नेपालका बिभिन्न परिवर्तनहरुमा युवाहरुको सक्रिय भूमिका देखिएको      छ । देशका विभिन्न अवस्थाहरुलाई बिश्लेषण गर्दा युवाहरुले कतिपय समयमा देशभित्रै भूमिगत भएर, जेल जीवन बिताएर,  किसान, मजदुर, शिक्षक, महिला लगायतका विभिन्न संघ संगठनहरुका सबैखाले आन्दोलनहरुमा सघाएका छन् । यतीमात्र हैन् नेपालका ठूला ठूला परिवर्तनहरुमा युवाहरुको अहम भूमिका रहँदै आएको छ ।
०३६ को विद्यार्र्थी आन्दोलन सफल भएपछि मात्र ०४६ को जनआन्दोलन उत्कर्षमा पुगेको कुरा नेपालका नेताहरु नबुझेका पनि होईनन् ।
कम्युनिस्टहरूकै नेतृत्वमा भएको युद्ध र सहभागितामा भएको ०६२ र ६३ को जनआन्दोलनले नेपाललाई गणतन्त्रमा लैजाने, संघीयता र समावेशी लोकतन्त्रतर्फ डोर्याउने काम पनि       गरेको हो । यसमा पनि विद्यार्थी र युवाहरुको निकै ठूलो भूमिका देखिएको छ । यद्यपी पछिल्ला दिनहरुमा बिकसित परिस्थितीहरुको मुल्याँकन गर्ने हो भने जातीयताको आधारमा राज्य, धर्मनिरपेक्षता लगायतका कुराहरुमा भने सोचबुझ बीनानै गरिएको निर्णयका     कारण र आफ्नो व्यक्तिगत स्वार्थका लागि गरिएका निर्णयहरुले अहिले समस्या उत्पन्न भैरहेको छ ।     यस्तो अवस्था देखिरहेका युवाहरुले हिजोका दिनहरुमा गरेको बलिदानी लगायतका कुराहरुलाई अव राज्यले कहिले सम्बोधन गर्ने हो ।     राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि युवाहरुलाई राजनीतिमा लगाउने अनि तमासा देखाउने प्रचलनको युवाहरुले कस्तो सिको गर्लान ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार