अब एक गाउँ एक उत्पादन नीति बनाऊ

जिल्लामा अरबौंको रकम विभिन्न       गैर सरकारी संस्थाहरुमार्फत खर्च     गरिएको छ ।  बिगत पाँच बर्षदेखि    गैर सरकारी र सरकारी संस्थाहरुले खर्च गरेको हिसाबको खोजी गर्ने हो भने पनि अनौठो रिजल्ट जिल्लामा आउने संभावना बढेको छ ।
खैर एकदिन यसको पनि पक्कै खोजी हुने छ । अव अति भो कि जस्तो भएको छ फुटकरे बिकास योजनाहरुले जुन योजनाहरु टन्न कागजमा भएका      छन् । बास्तबिक बस्तिमा निकै कम मात्रामा देखिएका छन् । अव बिकासे संस्थाहरुले दैलेखमा बास्तवीक लगानीको स्वरुप प्रर्दशन गर्नका लागि एक गाउँ एक उत्पादनको नीति लागु पर्ने देखिएको छ ।
जिल्लामा उत्पादन हुने विभिन्न क्षेत्रहरु गाविसहरुलाई बास्तवीक रुपमा भौगोलिकताको अध्ययन र अनुसंधान गरेर कुन गाउँमा के उत्पादन हुन्छ त्यही अनुसार गाउँको नामाँकरण गरेर प्रभावकारी काम देखाउन सकेको खण्डमा मात्र गैर सरकारी संस्थाहरुले गरेको लगानी सदुपयोग भएको रहेछ भनेर देखिने छ नत्र उही पुरानै तालमा जिल्लाको बिकास हुने पक्का देखिन्छ ।  गाउँका जनताहरुलाई आत्म निर्भर सशक्त बनाउनका लागि एक गाउँ एक उत्पादनको नीति अबलम्वन गर्नुपर्ने देखिएको छ । यसका लागि जिम्मेवार निकायहरुले समयमै बिचार गर्नुपर्ने हो कि? नत्र उही कागजमै बिकास           कि कसो ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार