लक्ष्य पुरा गर्न सवैको साथ आवश्यक

 जिल्लाका सवै गाविसहरु खुल्ला दिसामुक्त क्षेत्र घोषणा भै सक्दा पनि सदरमुकाम भने अझै चर्पि निमार्ण गर्न तर्फ लाग्दै छ ।
सन २०१४ सम्म दैलेखलाई खुल्ला दिसामुक्त घोषणा गर्ने उदेश्यले उक्त कार्यक्रम थालनी गरेपनि २०१४ सम्म लक्ष्य पुरा गर्न नसेके पनि २०७२ साल असारको महिना मिति घोषणा गरेको छ, भने नारायण नगरपालीका ले २०७१ फागुन १२ गते नगरपालीकालाई खुल्ला दिसामुक्त गर्ने योजना लाई तिव्रता दिएको छ ।
नगरभित्रका विभिन्न वडाहरुमा १ सय ७४ वटा सौचालयहरु निर्माणको क्रममा रहेको र पुर्ण सम्पन्न नभएको अवस्थामा के अबको १८ दिनमा यो काम सम्पन्न हुन सक्छ ? यो चुनौतीको विषय रहेको छ । चुनौती        नगरपालीका कार्यालयलाई मात्रै हैन नगरबासीहरुलाई पनि आत्मगलानी हुने पर्ने हो । किन कि  आफ्नै घरमा एउटा चर्पि बनाउन  पनि अनुदान   र कसैको भर परेका छौ । यो राम्रो कुरा हैन आफ्नो काम आफै गरौ अनि समुन्नत नेपालको कल्पना गरौ सवै अनुदान र संघ सस्थाको भर नपरि चर्पि निमार्णमा जुटौ र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यमा सवैले साथ दिऔ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार