बिगत भन्दा बर्तमानको समिक्षा गरौ

 नेपाली पत्रकारिता भित्रको निकै महत्वपुर्ण जिम्मेवारी वहन गर्दै       अन्तराष्ट्रिय छवी निर्माण गर्न सफल भएको जिल्लाको पत्रकारिता आजभोली आपसी मनमुटाव र तिक्तताभित्र रुमलिदै गएको छ ।
विभिन्न असहमतीहरुलाई सहजता ल्याउनका लागि सम्वन्धित निकायहरुले समेत समयमै चासो नदिनु समस्या बल्झिनुको अर्को कारण भित्र परेको    छ ।
जिल्ला शाखा दैलेखको सम्पन्न एक बर्ष अघिको चुनावी बिवाद सुल्झन नसकेको कुरा नेपाल पत्रकार महासंघ, र मातहतका अन्य सवै निकायहरुलाई थाहा हुँदा हुँदै पनि गल्ति र कमि कमजोरी गर्नेहरुलाई सामान्य पनि सोधपुछ गर्ने लगायतका कामहरु नहुनुले जिल्लामा व्यावसायिक रुपमा काम गर्दै आएका पत्रकारहरु दिनप्रतिदिन भिन्न भिन्न खाले समस्याहरुबाट हेपिदै र चेपिदै गएका छन् ।
बिवाद समाधानका लागि क्षेत्रीय संयोजक सहितको टोलिले गरेको प्रतिबद्धता पुरा नभएको र केन्द्रले समेत चासो नदिएको भन्दै निर्वाचित   पदाधिकारीहरुवीच देखिएको बेमेलको अवस्थालाई सुल्झाउनका लागि अव कसले के पलह थाल्नुपर्ने हो तत्काल बिवाद समाधान गर्नुपर्ने देखिएको छ । झुटो आश्वासन हैन गतिलो र गम्भिर निर्णय गरेर बिवाद समाधान गर्नु आजको आवश्यकता         हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार