गाउँका समस्याहरुको समाधान खोई

गाउँमा अहिले थुप्रै समस्याहरु   रहेका छन् । गाउँका जनताहरुमा चेतना स्तरको कमि भएको बाहनामा अलि बाँठाटाँठाहरुले कतिपय नीति        बिपरितका कामहरु गरिरहेका छन् ।
भर्खरै परिवर्तनको महसुस गरिरहेका महिला, दलित, जनजाती र बालवालिकाहरुको क्षमता बिकासका लागि भन्दै आएका रकमहरु सडक, शिक्षा लगायतका पुर्वाधारहरुमा खर्च गरेर उनीहरुको सशक्तिकरणमा रोकावट उत्पन्न भएको बेला अहिले गाउँमा सचेतना अभियानहरु संचालनमा आएपछि अव केही मात्रामा महिलाहरुको सशक्तिकरणमा बृद्धि हुने अपेक्षा गरिएको छ ।
आफुहरुले गुनासो गर्ने ठाउँहरुका  बारेमा समेत जानकारी नभएर अधिकार पाएर भएपनि कुष्ठित हुनपर्ने दुर दराजमा बसेका बासिन्दाहरुका लागि पक्कै पनि सरकार र सम्वन्धित निकायहरुले चासो दिनुपर्ने देखिएको छ
बालबालिकाको लागि छुट्टाईएको रकम थाहै नदिएर सकिएका छन् । बालबालिकाहरु समेत आफ्ना अधिकारहरुबाट बञ्चित छन् यस्तो अवस्थामा गाउँका बासिन्दाहरुमा देखिएको साझा समस्याहरु समाधानका लागि थालिएका पहलहरु र गाउँमा सुशासन कायम गर्ने अभियान पश्चात कतिपय टाँठाबाँठाहरुलाई यसले सताउने देखिएको छ  । जनताको बिकास बजेटमा आफ्नो प्रभुत्व देखाउने परम्परा अन्त्य नभएसम्म गाउँको बिकास असम्भव देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार