देश लाई बर्वाद पार्ने बाटोमा नलागौ

नेपाल प्राकृतिक स्रोत र साधानमात्र हैन बिभिन्न खाले हावापानी र जैवीक बिबिधताका साथै जलस्रोत उत्पादनको लागि निकै महत्वपुर्ण देशको रुपमा बिकसीत हुन सक्ने संभावना बोकेको देश हो ।
नेपालमा बसोवास गर्ने नागरिकहरु बिगतदेखिनै नालापानीका युद्धहरु लड्दाको ईतिहाँस बोकेर बसेका छन् । अहिलेसम्म कसैसँग झुक्न नपरेका देशका नागरिकहरु अहिलेसम्म स्वतन्त्र रुपमा बसेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमहरुले यो देशका नागरिकहरुलाई पुन पछाडी धकलेको देखिन्छ  । देशको स्वतन्त्रता राष्ट्रिय अखण्डता लगायतका बिषयहरु अहिले चर्को बहसका रुपमा बाहिर आउँदै गरेका छन् ।
आत्म निर्णय सहितको प्रदेशको माग गर्दै तराई केन्द्रित दलहरुले गरेको बिरोध र एमाओवादी लगायतका दलहरुले संघिय संरचनाका कुराहरुको मुद्धा पश्चात संविधान सभामा भएको तोडफोड पछिको अवस्थाले मुलुकलाई पुनः संकटतर्फ लैजाने खतरा उत्पन्न भएको छ  ।
यस्ता थुप्रै घटनाक्रमहरुले देशको आर्थिक अवस्था, बिकास गतिविधिहरु अन्य कामहरुमा प्रत्यक्ष प्रभाव त पार्छ नै ? जनताहरुले चाहेको संविधान निर्माण प्रक्रिया समेत अवरोध भएपछि मुल कानुन नबन्दा देशले झनै ठूलो संकटको अवस्था खेप्नुपर्ने देखिएको छ ।
यस्तो अवस्थालाई तत्काल मनन गर्दै जिम्मेवारी बोकेका सत्ता पक्ष र प्रतिपक्षहरुले पुनः देशको बर्वादीलाई रोक्ने प्रयत्न स्वरुप पुनः वार्ता र छलफल पश्चात नयाँ निकाशको खोजी गर्नुपर्ने देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार