गत चुनाव सम्पन्न भएको करिव दुई महिना नपुग्दै राजीनामा दिएका अरबिन्द केजरीवालको पार्टीले यसपालिको बिधान सभाको चुनावमा ल्याएको परिणामले जनताहरुले साथ दिएपछि बिचमै पदबाट राजिनामा दिएपनि जनताहरुले चाहे भने पुनः नेता बनाउन कुनै समस्या नभएको पुष्ठी गरेको छ । निकै चर्चा कामएको भारतीय जनता पार्टीले गत वर्ष युद्ध जित्यो तर दिल्ली बिधान सभाको चुनावमा सानो लडाइ हारेको छ । आम चुनावमा भारी जितपछि भाजपाले तीनवटा विधानसभाको चुनाव पनि जितेको थियो । दिल्ली विधानसभामा आम आदमी पार्टीले कडा चुनौती मात्र दिएन, भाजपाले लडाइँ नराम्रोसँग हारेको छ अन्य पार्टीहरुलाई त संकट नै बनाएको छ । दिल्लीमा भाजपाकी मुख्यमन्त्रीकी उम्मेदवार किरण बेदीले यो नजिता मोदी सरकारमाथि नभएको बताएकी छन् ।
दिल्लीको लज्जास्पद हारपछि भाजपाभित्र किरण बेदीलाई दोषी ठान्नेहरु पनि देखिएका छन् । भारतमा देखिएको चुनावी परिणामले पनि स्पष्ट पारेको छ । अरबिन्द केजरीवालले सामान्य बिपतीमा पनि पदबाट राजिनामा दिएका थिए अव उनको पालो आउँदैन् भन्नेहरुका लागि गतिलो सवक पनि देखिएको छ । नेपालमा भने कुर्सी र सत्ता बाहेक जनताको मत अधिकारका बारेमा सोच्ने नेताहरुको कमि देखिएको बेला केही बुद्धि पलाउँछकी ?े








