नेपालको राजनीतिक रंगमञ्चलाई हेर्ने हो भने कम्युनिष्टहरुको बहुमत मात्र हैन सबै जोड्ने हो भने दुई तिहाइ नै पुग्ने संभावना नजिक समेत पुग्ने गर्दछ । नेपालका कम्युनिष्टहरुले गरेका विभिन्न आन्दोलनहरु र बेला बेलामा गरेका नयाँ र सकारात्मक अभियानहरुले गर्दा पनि नेपालमा कम्युनिष्टहरुको बर्चश्व रहँदै आएको छ ।
मक्सवाद र लेनीनबादको नारा बोकेका सबैले विभिन्न कोण क्षेत्र र वर्गबाट लडेका लडाँईहरुको अन्तिम गन्तब्य कता हो भनेर सोध्ने हो भने सबैको लगभग एउटै गन्तब्य भएको सुन्नमा पाईन्छ ।
नेपालमा उदाएको शक्ति मानिएको एमाले सरकारमा जाने बित्तिकै फुटेपछि यसपालिको चुनावबाट मात्रै अलि सन्तोषजनक उपस्थिती देखाएको छ । गत संविधान सभामा पहिलो शक्ति बनेको एमाओवादी अहिले तेस्रोमा झरेको छ । यि सबै कारणहरु फुटबाटै उत्पन्न भएका हुन् । प्रजातान्त्रिक शक्तिको रुपमा रहेको काँग्रेसमा पनि विभिन्न धारको राजनीतिक समस्या छ ।
नेपालमा सरकारमा जाने बित्तिकै फुट्ने प्रवृतिले निकै थकान महसुस गरिरहेको माओवादी शक्तिहरुको एकता बर्तमानको आवश्कता वा बाध्यता यस्ता बिषयहरुलाई सम्वन्धित पक्षले बुझ्नुपर्ने देखिन्छ । एउटै शक्ति केन्द्र भन्दै हिडेका प्रचण्डको यो अर्को सपना कहीले पुरा होला त्यो भने हेर्न बाँकी नै छ ।








