मिल्नै नसक्ने अडान पक्कै होइन

बिग्रदो पछिल्लो राजनीतिले फेरी नयाँ संकेत देखाएको छ । एक आपसमा निकै पेचीलो र तिखो शब्द प्रहार गर्दै बिरोध शैलीमा उत्रिएका सत्ता पक्ष र प्रतिपक्षहरुले फेरी संवादलाई महत्व दिएका छन् । एउटै टेबुलमा बस्ने       परिस्थिति नभएको भएपनि केही        सकारात्मक कुराहरु बाहिर आएका    छन् ।
अहिले सत्ता पक्ष र प्रतिपक्ष लगायत मधेसवादी नेताहरुको बिवाद मिलाउन अन्य नागरिक समाजको भूमिका समेत उल्लेखनिय हुँदै गएको देखिन्छ । विगतदेखि गरेका १२ बुदे सहमती र लामो लडाँइ लडेर आएको माओवादी शक्तिवीच देखिएको उतारचढावका लागि पनि अव सबैको जिम्मेवारी पन निकै महत्वपुर्ण मानिएको छ ।
अहिले मधेसवादी नेताहरु पनि बार्ता र सहमतीका लागि लचिलो बन्दै गएको
देखिन्छ भने सत्ता पक्षका प्रमुखहरुपनि बाहिर देखिएजस्तो गरि सहमती विगार्ने पक्षमा देखिएका छैनन् । सबैले मुलुकमा देखिएको लामो संक्रमणकालको अन्त्यका लागि गम्भिर देखिएकाले अव कही नयाँ परिस्थितीको सृजना हुने बिश्लेषकहरुले बताएका छन् । अहिले सत्तापक्ष र प्रतिपक्षवीच विश्वासको सङ्कट देखिएको छ । संविधानसभामा एकै ठाउँमा बस्ने कुरा पनि विश्वासको सङ्कटमै परेको छ । अब सवैले गरेका बिगतका बाचा वचनबद्धता , सवाल र अन्य सवै बिषयहरु संविधानसभाबाटै सम्बोधन गरेर संकट समाधान गर्नुपर्ने देखिएको छ ।
मिल्नै नसक्ने खालका अडानहरु पक्कै पनि छैनन् तर देश र जनताका लागि भन्दा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्ने अभियान र अन्य शक्तिको भित्री चलखेल भित्र कसैले पनि नेपालमा अराजकता मच्चाउन पाँईदैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार