समाज परिवर्तन हुँदै जान खोज्दा समाजभित्रै हुने विभिन्न खाले अपराध, हिंसा र अन्य घटनाहरुको पनि बढावा हुँदै जाने गर्दछ । सामाजिक परम्परा मात्र हैन परिवर्तनको नाममा पनि विभिन्न खाले हिंसाहरु हुने गर्दछन् । यस्ता थुप्रै समस्याहरुको प्रमुख कारण भनेको नै समाजभित्रको गरिवी, पछौटेपन लगायतका घटनाहरु रहने गर्दछन् ।
समाजभित्र हुने अपराधिक गतिविधि मात्र हैन् जनताको सुरक्षाका लागि बनेका विभिन्न संयन्त्रहरुले समेत यसलाई साथ दिनुपर्ने देखिएको छ । समाजभित्रको एउटा कुरा मात्र हैन् सामाजिक गतिविधि भित्र पर्ने यात्रा लगायतका कुराहरुको सुरक्षा , चोरी, डकैती लगायतका गतिविधिहरुको सुरक्षामा खटिएका सुरक्षा निकायहरुले आफ्नो कर्तब्य पालन गर्ने कुरालाई आम नागरिकहरुले साथ सहयोग गर्नुपर्ने देखिन्छ ।
एउटा अपराध गर्ने व्यक्ति त्यही समाजको हुन्छ । त्यही समाजमा उसको संरक्षण हुने गर्दछ । त्यसैले अराजक गतिविधि गर्नेहरुलाई समाजकै नागरिकहरु मिलेर त्यसको अन्त्यका लागि प्रयास थाल्नुपर्ने देखिएको छ ।
दैलेख प्रहरीले समाजमा हुने घरेलुहिंसा, मदिरा र जुवातास सँगै लामो यात्रा गर्ने यात्रुहरु , सवारी चालक र सवारी धनिलाई समेत विभिन्न समस्याहरुका बारेमा जानकारी दिने अभियान थालेको छ यस्ता अभियानहरुमा समाजका आम नागरिकहरुले साथ र सहयोग गर्न सकेको खण्डमा जुनसुकै खाले घटनाहरुको न्यूनिकरणमा सहजता हुने देखिएको छ ।








