जिल्लामा विभिन्न अभियानहरु संचालनमा आएका छन् । केही महिना अघि खानेपानीका क्षेत्रमा देखिएका समस्या र तीनको समाधानका लागि योजना स्तरमै गएर सामुदायिक अंकपत्र, नागरिक सर्वेक्षण र सार्वजनिक सुनुवाई गरेपछि कतिपय गैर सरकारी संघ संस्थाहरु र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत संचालन गरिएका खानेपानीका योजनाहरुमा भएका समस्याहरुको बास्तवीक पहिचान बाहिर आएको थियो ।
गत बर्षदेखि सुरु गरिएको स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाले पनि स्थानीय निकायको महत्वपुर्ण जिम्मेवारी पाएको जिल्लाविकास समिति, गाविस र नगरपालिका भित्रका विभिन्न ४० गाविसहरुमा परियोजान संचालन गरेपछि अहिले गाउँघरमा समेत पारदर्शीता र सुशासनका लागि जानकारी बढेको छ ।
विभिन्न लक्षित वर्गका रकमहरु अन्यत्र खर्च गर्ने परिपाटी विस्तारै घट्दै गएको छ भने गाविसले प्रवाह गर्ने सेवा सुविधा र जनताहरुले पाउनुपर्ने सेवा सुविधाहरुको बारेमा समेत खोजी हुन थालेपछि सेवाप्रदाय र सेवाग्राही दुवै सचेत हुन थालेका छन् ।
अहिले जिल्लामा २० जना सामाजिक जबाफदेहिता अभियानकर्ताहरुले विभिन्न गाविसमा पुगेर सेवा सन्तुष्टि, सेवा प्रवाह र सेवाको गुणस्तरका लागि अपनाउनुपर्ने विभिन्न औजारहरुको प्रयोग गर्दै देखिएका समस्याहरु र तीनको समाधानका लागि आमने सामने बसेर छलफल र बहस गर्ने अभियान परियोजनाले थालनी गर्ने भएको छ ।
यसले पक्कै पनि जवाफदेहिता बढाउन मद्धत पुग्ने देखिएको छ भने गाउँ गाउँमा सुशासन कायम हुने र सभ्य समाज निर्माणमा टेवा पुग्ने देखिन्छ ।








