गाउँमा बिज्ञान बिषयको अध्ययन र अध्यापनका लागि अहिले जिल्लाको दुर्गम मानिने कुसापानी गाविसमा धार्मिक महोत्सव चलिरहेको छ । सरकारले दुर्गम स्थानहरुमा उच्च शिक्षाको लागि पहल सरु गर्न नसकेका बेला गाउँमा गरिएको सामाजिक कार्यले सरकारको क्रियाकलापहरुका बारेमा समेच चुनौती थपेको छ ।
राम्रो कामको थालनी गरेको खण्डमा जस्तो सुकै परिस्थितीमा पनि सहयोग हुन सक्ने गतिलो उदाहरण बन्न सफल हुने देखिएको छ कुसापानी धार्मिक महोत्सव । सरकारले धर्म निरपेक्षताको वकालत गरिरहेका बेला अहिले दुर्गम गाउँहरुमा विभिन्न बाहना बनाउँदै हिन्दु धर्म मानिरहेका हरुलाई धर्म परिवर्तन गराउने अभियान पनि चलेको देखिन्छ तर परम्परादेखि मान्दै आएको हिन्दु धर्म लाई अँझै पनि महत्वपुर्ण आस्थाको रुपमा गाउँदेखि सहरका नागरिकहरुले आत्ममा राखिसकेका छन् । जस्तो परिस्थितीमा पनि हिन्दु धर्म मान्नेहरुले धर्मपरिवर्तन गर्नेवाला छैनन् ।
कुसापनीमा देखिएको धार्मिक महोत्सव र हिन्दु धर्मावलम्बिहरुको आस्थालाई हेर्ने हो भने सामाजिक कार्यका लागि उठाईएको लाखौं रकमले सरकारको कार्यसैलीमा चुनौती थपेको छ । स्थानीय नागरिकहरुले संकलन गरेको लाखौं रकममा सरकारले समेत सहयोग गरेर स्थानीयहरुले सुरु गरेको अभियान सम्पन्न गर्नुपर्ने देखिएको छ । घर नजिकै विज्ञान तथा प्राविधिक शिक्षा पढ्न पाउने नागरिकहरुको अधिकारको समेत सरकारले रक्षा गर्नुपर्ने बेला आएको छ ।








