रकमको सहि सदुपयोग गर

 आइतबार मात्र कृषि पर्यटन र पूर्वाधार समुन्नत दैलेखको तीन आधार भन्ने नाराका साथ जिविस दैलेखले आफ्नो २३ औ जिल्ला परिषद सकेको छ । जिल्लाको विकास गर्न जिल्ला विकास समितीको निकै महत्वपुर्ण भुमिका रहने गर्दछ र यसै कार्यलाई   निरन्तरता दिन जिल्ला विकास समितिले आगामी वर्ष ०७२÷७३ का लागि झण्डै ३ अर्बको बजेट प्रस्ताव समेत गरिसकेको छ ।
चालू आवमा सञ्चालित प्रभावकारी नीति तथा कार्यक्रमलाई आगामी आवमा समेत निरन्तता दिइने घोषणा गरिपनि बजेट कहा कतिको सदुपयोग भएको छ भनेर पटक पटक अनुगम नहुदा प्रत्यक्षरुपमा लक्षित रुकम को सहि सदुपयोग हुन सकिरहेको छैन ।
पहुँचवाल मात्र उपभोक्ता समितिमा बस्ने प्रविधीकहरुलाई प्रतिशत छुट्टाउने उनिहरुले योजना स्थलमै नपुगी सवै ठिक भएको प्रमाण बनाउने चलन विगत देखि चल्दै आएको हो र यसले यस वर्ष पनि निरन्तरता पाउने देखिन्छ प्रभावकारी अनुगमन नहुने हो भने ।
२३ औ परिषदको नारा कृषि , पर्यटन र पूर्वाधार रहेपनि यस पटको बजेट कृषि र पर्यटनमा जोड दिएको छैन बजेट पूर्वाधार विकास मात्र बढेको छ ,नेपाल कृषिप्रधान देश हो भने कृषिमा बजेट किन कुल बजेटको २० प्रतिशत मात्र कुलो र सिचाई पोखरी बनाउदैमा कृषि उत्पादन बढने हो र ?यस तर्फ पनि ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार