जिल्लामा आएका सभासदहरु सँग जनताले खानेपानी, बिजुली, सडक लगायतका अन्य बिकासका पुर्वाधारहरु बनाउनुपर्र्ने माग गर्ने गरेका छन् । विगतको संविधान सभाको चुनाव र पछिल्लो पटक अर्थात यसपालिको संविधान सभाको चुनावको लागि छानीएका सभासदहरुले बिकास निर्माणलाई भन्दा संविधान निर्माणका कुराहरुलाई गाउँका जनताहरु समक्ष पुर्याउनुपर्ने देखिएको छ ।
संविधान निर्माणको मुख्य जिम्मेवारी सम्हालेका सभासदहरुले अहिलेपनि संविधान निर्माण प्रक्रियाको लागि आवश्यक परेका कुराहरु, जनतालाई बुझाउनुपर्ने कुराहरुलाई बढी प्राथमिकता दिनुपर्ने देखिएको छ ।
गत संविधान सभाको चुनावको लागि गरिएको खर्च र यसपालिको लागि गरिएको खर्चको मात्रै हिसाव निकाल्ने हो भने थुप्रै बिकास निर्माणका कामहरु संचालनमा आउने संभावना देखिन्छन् ।
सभासदहरुको खर्च मात्र हैन् अन्य विभिन्न पुर्वाधार बिकासका लागि जिल्लामा भित्रिएका रकमहरुको समेत सहि सदुपयोग हुन सकेको छैन् । सभासदहरुले हरेक रकमको सदुपयोग गर्दै जनताका आवश्यकताका लागि आएका बजेटहरुको पारदर्शी रुपमा बितरण प्रक्रिया थालनी गर्नुपर्ने देखिएको छ ।
मुख्य कुरा संविधान निर्माण भएकोले जनताहरुले चाहेको संविधान निर्माणका लागि कसको कस्तो भूमिका रहेको छ संविधान सभामा सो बारे पनि सभासदहरुले जनताहरुलाई खुल्ला रुपमा जानकारी गराउनुपर्ने आजको आवश्यकता हो ।








