माघ ८ पछि दलहरु विच दुरी बढ्दै गएको भएपनि होलीको अवशर पारेर दलहरुवीच टाढा भएको राजनैतिक दुरीलाई नजिक बनाउने प्रयास भएको छ ।
एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले सत्तारुढ दलहरुसँग सशर्त बार्तामा बस्ने निर्णय भन्दै बार्ताको ढोका खुला राखेको कुरा बाहिर आएपछि सम्भवत आज प्रधानमन्त्री र अन्य दलहरुवीच छलफल हुने बताईएको छ ।
विगत के भयो भनेर कुनैपनि दलहरुले नसम्झने हो भने मुलुक फेरी दुर्घटनामा पर्न सक्ने खतरा समेत त्यतीकै छ ।
सिंहदरबारमा बिहीवार बसेको ३० दलीय मोर्चाको बैठकले वार्ताको सकारात्मक वातावरण नबनेको भए पनि औपचारिक वार्तामा बस्ने निर्णय गरेको कुरा बाहिर आएपछि मुलुकमा सहमतीबाटै संविधान बन्न सक्ने सानो संभावना अँझै बाँकी रहेको भन्न सकिन्छ । जनताले दिएको मतकै आधारमा संबिधान बनाउने कुरा वा सत्तापक्षले गरेपछि राजनीतिक बातावरण धेरै बिग्रेको भएपनि अवको बार्ताले केही सकारात्मक सन्देशहरु दिन सक्ने देखिन्छ । पूर्व सम्झौता अनुसार अब सहमतिमा संविधान जारी गर्ने विषयभन्दा सत्ता र शक्तिको विषय प्रधान बनेको पछिल्लो राजनीतिक परिस्थितीलाई बार्ताबाटै भएपनि टुँगोमा पुग्न सके अँझै राम्रो हुने देखिन्छ । जती पटक बार्ता बस्यो उही ५ बर्ष अघिकै कुरामा दुवै पक्ष अडिक भएमा पुन ः पनि वार्ता वा सहमती हुने संकेत देखिदैन् । सकेसम्म सकारात्म रुपमा सहमतीको प्रयास जरुरी छ भने यसपालिको बर्ता सफल हुनुपर्ने देखिन्छ ।








