दैलेखमा पछिल्लो समयमा विकास निमार्णका योजना देखी आफ्नो ठाउमा हुने हरेक क्रियाकपलालाई स्थानिय बासीले निकै चासो साथ हेर्ने गरेका छन् । उपभोक्ताहरु जागरुप हुन थालेपनि गाविसबाट गरिएका विकास निर्माणका योजनाहरुमा उपभोक्ताले खर्चको फाँटवारी माग्ने गरेका छन् यो कार्यलाई सकारात्क लिनुपर्छ जनता सेचत भएपछि स्थानिय स्तरमा हुने विकास निमार्णका कार्र्यको सहि सदुपयोग हुन थालेका छन् । पछिल्लो वर्षहरुमा उपभोक्ताहरु जागरुप हुन थालेपछि दैलेख धेरै गाविसहरुमा उपभोक्ता समिति र ठेकेदारहरु योजनाको खर्च फाटँवारी दिनुपर्ने भएपछि निकै आक्रोशित देखिन्न थालका छन् । कुनै पनि विकास निमार्णका कार्यमा उपभोक्ताले सम्पुर्ण जानकारी पाउनु उसको दायित्व हो र उपभोक्तालाई सवै कुराको जानकारी दिनुपर्छ । पहिले विकास निर्माण कार्यमा आर्थिक अनिमियता हुदा दिर्घकालिन समय सम्म निमार्ण गरिएका विकास निमार्णका कार्य टिकाउ हुने नदेखीने भएपछि उपभोक्ताहरु आफ्नो गाँउठाँउको विकासका लागि अग्रसर भएर लागेका हुन् । प्राविधिकहरुले सानासाना योजनाबाट समेत तोकिएको भन्दा बढी रकम कमिशन लग्ने गरेको भएपनि दैलेख स्थानिय सरकारको जवाफ देहिता अभिबृद्धि परियोजना कार्यक्रम लागु भएपछि स्थानिय उपभोक्ता जागरुप हुदै गएका हुन । उपभोक्ताहरु सचेत हुन नै विकासमा निमार्णमा धेरै प्रगती हुनु हो ।








