अनसन, सरकार र स्वास्थ्य

 नेपालको स्वास्थ्य क्षेत्रमा सुधार नभएको भन्दै डा. गोविन्द केसीले धेरै पटकसम्म अनसन बसिरहेका छन् ।
अनसन बस्छन् फेरि तोड्छन् फेरी बस्छन् तोड्छन् । पछिल्लो अनसनमा पनि उनले केही मागहरु सरकारलाई चुकाए अनि अनसन तोडे । बस्तवमा अनसन भनेको निकै जिम्मेवार कुरा हो । राज्यका शासकहरु तह नालाग्ने अवस्थामा प्रयोग गरिने यो निकै महत्वपुर्ण औजार वा अन्तिम औजार नेपालमा पटक पटक किन प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।
अधिकारी दम्पतीले आफुहरुले न्याय पाउनका लागि अनसन बस्नुपर्ने, स्वास्थ्य सेवाका लागि हुने विभिन्न अनियमितताका लागि अनसन बस्नु पर्ने , हुँदा हुँदा अव संविधान जनतालाई देऊ नेताहरु हो भनेर पुनः जनताहरु अनसन बस्नुपर्ने त होईन् ?
सरकार सम्हाल्नेहरु लाचार भै रहने अनि स्वास्थ्य, शिक्षा, लगायतका महत्वपुर्ण क्षेत्रहरुमा अराजकता मौलाईरहने हो भने देशको बिकास कहिले हुने हो आम नारिकहरुले कहिले अधिकार पाउने हुन् ।
स्वास्थ्य जस्तो निकै संवेदनशिल क्षेत्रमा समेत   राजनीतिक गतिरोध पैदा हुन थालेपछि अव जनताहरुले अरु के आशा गर्ने यो देशका ठूला दलहरु सरकार सम्हालेका व्यक्तिहरुबाट ।
जिम्मेवार निकायहरुले आम जनताहरुको हक हित र सुरक्षालाई ध्यानमा राखेर आउने विभिन्न समस्या समाधानतर्फ ध्यान दिन जरुरी छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार