जनताहरुलाई नयाँ संविधान प्रदान गरेर मुलुकमा दिगो शान्ति स्थापना गर्ने महान अभियानमा लागेका यो देशमा ठूला देखि साना दलमा आबद्ध नेता र नेतृत्वहरुले पहिलो र दोस्रो संविधान सभामा समेत नेपाली जनताहरुलाई धोका दिएका छन् ।
आपसी बेमेल र रिसिवीकै कारण संविधान सभाले अँझै गति लिन सकेको छैन् ।
लामो समयदेखि अवरुद्ध भएको संविधान सभाको बैठकले पुन आव्हवन गरिएको भएपनि शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।
सत्तापक्ष दलहरु र प्रतिपक्ष दलहरुले आफ्नो स्वार्थ सिद्धिका लागि नेपाली जनताहरुलाई धोका दिदै आएका बिगतका उदाहरणहरु यसपालि पनि देखिएका छन् । जनता र जनचाहना अनुसार संविधान निर्माण गरेर मुलुकलाई निकास दिने जिम्मेवारी सम्हालेका सत्ता र प्रतिपक्षिहरुले अहिलेसम्म ध्यान नदिनुले पनि नेपाली जनताको चाहना अनुसारको संविधान निर्माणमा समस्या हुने देखिएको छ । जनताले बहुमत दिएर पठाएका सत्तापक्षका नेताहरुले अहिलेसम्म गम्भिरता नदेखाउनु र प्रतिपक्षहरुले सहमतीको अडान रटान गर्नुले पनि समस्या अँझै ज्यूँ का त्यूँ रहेको छ । यसको निकास कहिले हुने हो त्यो भने हेर्न बाँकी नै छ ।








