दैलेख धार्मिक, ऐतिहाँसिक, साँस्कृतिक सम्पदाहरुको धनि जिल्लाको रुपमा परिचित जिल्लाभित्र पर्दछ । सामान्य परिस्थितीलाई राज्यले सम्मान गर्न नसकेका बेला जिल्लामा पहिलोपटक राज्यको मुख नताकेरै स्थानीय बासिन्दाहरुको साहसले दैलेखका पंचकोशी तिर्थस्थलहरुको प्रचार प्रसार सँगै ज्वाला कुम्भ मेलाको सुरुवात गरिएको छ ।
धर्मग्रन्थका अनुसार पनि देवताहरुले समेत बास गरेको जिल्लाको रुपमा प्रसिद्ध दैलेख जिल्लामा रहेका पंचकोशी क्षेत्रहरुको बिगत बर्षदेखिनै प्रचार प्रसार सुरु गरिएको छ । जिल्लाका आम नागरिकहरु, संचार क्षेत्र र पर्यटन सँग सम्वन्धित केही व्यक्तिहरुले मात्रै आफ्नो क्षमता र दक्षताको आधारमा यसको प्रचार प्रसार भैरहेको छ ।
लामो समयदेखि कराउँदा समेत राज्यले दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न नसक्नु बिडम्बनाको कुरा हो । पर्यटकीय क्षेत्रको ठूलो संभावना बोकेको दैलेखलाई राज्यले गरेको सौतेनी व्यहारको अन्त्य गर्नका लागि अव जिल्लाबाट जनताले पठाएका संविधान सभाका सभासदहरुले चर्को बहस र पैरवी गुर्नुपर्ने देखिएको छ ।
राज्यले जहिले सम्म सुनुवाई गर्दैन तवसम्म हाम्रो खवरदारी निरन्तर रहिरहने छ ।








