जिल्लाको बिकास गतिविधिलाई राम्रोसँग केलाउने हो भने अहिले पनि दिगो बिकासमा निकै ठूलो चुनौती देखिएको छ । सरकारी संयन्त्र मात्र हैन् बिभिन्न गैर सरकारी संघ संस्थाहरुले गरेका कामहरुमा समेत समस्या उत्पन्न हुन थालेको छ ।
सुशासन लगायतका क्षेत्रमा धेरै वकालत गर्ने विभिन्न गैर सरकारी संघ संस्थाहरुमार्फत संचालित कतिपय कामहरु गुणस्तरिय भएको देखिएपनि कतिपय कामहरुमा भने निकै चुनौती देखिएको छ । परियोजना रहनेबेला सम्म निकै चकम देखिने गैर सरकारी संस्थाहरुको काम परियोजना सकिए लगतै भताभुँङ्ग हुने परिपाटीले लगानी दिगो रुपमा संचालन हुन सकेको छैन् ।
गाउँका दुर्गम बस्तिमा रहेका महिलाहरुलाई सुरक्षित सुत्केरीका लागि लाखौं खर्च गरेर निर्माण गरिएको दैलेखको भावनी गाविसको बर्थिङ्ग सेन्टर पनि एउटा उदाहरण बनेको छ । देखिएको एउटा उदाहरण मात्र हैन् अधिकाँस गैर सरकारी संघ संस्थाहरुले निर्माण गरेका खानेपानी, भवन लगायतका विभिन्न पुर्वाधारहरु सरकारी लगानी जस्तै गरि दिगो हुन सकेका छैनन् । गैर सरकारी संस्थाहरुमा भएको कमजोरीको अनुगमन गर्ने निकाय जिल्लामा रहेपनि यसवारे कुनै ठोस कदम चालेको देखिदैन् । अव यस्ता पुर्वाधारहरुमा देखिएका समस्या समाधान गर्ने निकायले तत्काल चासो देखाउँदै लगानी कर्ताहरुले दिगो लगानीका बारेमा बिचार गर्नुपर्ने हो कि ?








