नेपालमा आएको बिनासकारी भूकम्पमा परेकाहरुको उद्धार गर्न सरकार र अन्य निकायहरुलाई यतीवेला भ्याईनभ्याई भएको छ । कतिपय कामहरु प्रभावकारी रुपमा भएको देखिएको छ भने कतिपय कामहरुका बारेमा सरकार बेखवर भएको अवस्था समेत आएको छ । काठमाण्डौं र नजिक पायक पर्ने स्थानहरु बाहेक दुर्गम गाउँ बस्तिमा हराएका जनताहरुको भने अहिलेसम्म खोजी कार्य हुन सकेको छैन् ।
यसका लागि सरकारले अँझै प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ । हिमाली क्षेत्रमा रहेका गाउँहरुमा अहिलेपनि मानिसहरु पुरिएको भन्ने विभिन्न समाचारहरुबाट जानकारी आएको छ । यस्ता बस्तिहरुमा अव सरकारले ध्यान दिनुपर्ने देखिएको छ । बिपत्तिका बेला सबै काम एकैपटक हुन नसक्ने भएपनि दुर्गम बस्तिहरु जहाँ यातायातका साधनहरु पुग्न सकेका छैनन् त्यस्ता स्थानहरुका लागि पनि यातायात सुविधाहरु संचालनमा ल्याउनुपर्ने देखिएको छ । एकाएक नेपालमा बिनासकारी भूकम्प आएपछि यसले पुरै देशका नागरिकहरु माथि निकै पिडा दिएको छ । हजारौंको मृत्यु भैसकेको छ , सयौं पुरिएका छन्, हजारौं घाईते भएका छन् । हजारौं परिवार विस्थापित परिवारहरु कष्टकर जीवन बिताउन बाध्य भएका छन् यस्तो बेलामा तपाँई हामिहरुले गरेको सानो सहयोग वा परोपकारी भावनाले पनि निकै प्रभावकारी काम गर्न सक्छ त्यसतर्फ पनि अग्रसर भए राम्रो ।








