भनिन्छ तराईमा आगो बल्दा पहाडको मन फाटेन् भने, पहाडमा समस्या हुँदा तराईको मन रोएन भने, नेपाली ले नेपालीलाई आपत्तीमा सम्झेन भने, होईन भने नेपाली नभन् ।
बास्तवमा नेपालमा यतीवेला निकै ठूलो बिनास भएको छ जुन नेपालको ईतिहाँसमा ८० बर्षपछिको बिनासकारी घाऊ र यस्तो घाऊ मेटाउनका लागि नेपालीहरुले कम्तिमा दश बर्ष लाग्ने देखिन्छ । यस्तो ठूलो बिपत्तीमा कसको मन पो खिन्न हुन्न र ?
कसलाई पो पिडा हुन्न र ? आज नेपालका दाजुभाई मात्र हैनन् मुलुकभरबाट मावनीयताको नाता जोडेर सहयोग जुटेको छ, नेपालका लागि । करोडौं र अरबौंको हिसाव किताव नहुनेगरि आएको सहयोगलाई अव सदुपयोग गर्ने जिम्मेवारी बोकेको राज्यले कसरी यसको सदुपयोग गर्ने हो । आएको रकमको सदुपयोग गर्नका लागि ठोस काममा खर्च गर्न सकेमा मात्र आम पीडितहरुको घाऊमा मलम लाग्ने छ ।
करोडौं गुमाएका नागरिकहरु अहिले सडकमा छन् । ठोस उपलब्धि नभएरै रकम सकिने अवस्था नेपालमा नआओस हामीले कामना बाहेक अरु केही गर्न सक्दैनौं ।
अँझै कतिपय स्थानहरुमा उद्धार हुन सकेको छैन् । त्यस्ता बस्तिहरुको खोजी गरेर क्रमबद्ध रुपमा पहिलो आवश्यकता, दोस्रो आवश्यकता यस्ता कुराहरुको वर्गीकरण गर्न सकेको खण्डमा जिल्ला जिल्लाबाट गएको राहतको सदुपयोग हुने देखिन्छ भने पीडितहरुका समस्याहरु समाधान हुने देखिन्छ । विपत्तिमा सबैले सहयोग गर्नु र समस्या समाधान गर्नु सबैको कर्तब्य हुन जान्छ








