देश महाविनाशकारी भूकम्पको प्रकोपले पिडित छ । विश्वका विभिन्न राष्ट्रले उद्धार र राहतमा सहयोग गरिरहेका छन् । देश बाहिर रहेका नेपालीहरुबाट सहयोगकको ओइरो पनि लागेको छ । विपतमा परेकाहरुलाई सहयोग गर्ने मानवीय हातहरु प्रशस्तै उठेका छन् तर, उठेका ती हातहरुलाई व्यवस्थित गर्न समेत सरकार असक्षम देखिएको छ । यस्तो सम्वेदनशील र हृदय विदारक अवस्थामा जिम्मेवारी लिनेको संख्या भने अत्यन्त न्युन रहेको छ । भुकम्प पीडितहरुको लागी विदेशीले दिएको सहयोग, विदेशीले दिन खोजेको सहयोग समेत उपयोग गर्ने क्षमता प्रदर्शन नहुनु भनेको अत्यन्त लज्जास्पद विषय हो । सरकारका मन्त्रीहरुको गैरजिम्मेवार अभिव्यक्ति, राजनीतिक दलका नेताहरु भूकम्प गएका नै थाहा नपाएको जस्तो मौनता, तत्काल राहत वितरणमा सत्ता साझेदार दलबीच नै चर्को राजनीतिक लाभको लालच प्रदर्शन, विदेशबाट भित्रिएकाहरुलाई कुनै रोकछेक विना जतासुकै जसरी पनि जान अनुमति दिनु पक्कै पनी राम्रो कुरा होइन । विपत्तिको यो क्षणमा पनि एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नछोड्नु जस्ता विषय आम जनताका लागि अपाच्य छ । यतिबेला सबैले आआफ्नो जिम्मेवारी बोध गरेर उद्धार तथा राहतमा सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ । आरोपको भारी अरुको थाप्लोमा बोकाएर आदर्शनका कोरा कुरा गर्दैमा कसैको पनि जिम्मेवारीबोध पूरा हुँदैन । त्यसैले सबैले राष्ट्रिय संकटको यो महाविपतको क्षणमा संयमित भएर जनतामा उत्तेजना र भ्रम फैलने कुनै पनि क्रियाकलाप नगर्नु नै राष्ट्रको हितमा छ ।
विदेशी राष्ट्रहरु बाट आएको राहत रकम तथा सामाग्रीहरु सहि सदुपयोग गर्नु पर्ने देखिन्छ ।








