भूकम्पले देशलाई तहस नहस बनाएको छ । नेपालमा परेको विपत्तिलाई कतिपय देशहरुले खुलेर सहयोग गरेका छन् । कतिपय देशहरुले सहयोगको नाममा सिमावर्ती क्षेत्रमा रहेका अन्य मुलुकहरुलाई नेपालको नाममा शक्ति देखाउने खेलहरु पनि भएका छन् । नेपाल बिगतदेखि नै सार्वभौम सत्ता सम्पन्न मुलुक, गरिवी, अशिक्षा र बेरोजगारी भएपनि आफ्नो राष्ट्रियतालाई अहिलेसम्म स्वतन्त्र रुपमा जोगाउन सफल भएको देश भनेर विश्वमा पहिचान बनाई रहँदा केही छिमेकी मुलुकहरुको व्यक्तिगत स्वार्थ र अन्य देशहरुसँगको आन्तरिक प्रतिश्पर्धाका कारण बेला बेलामा समस्या ग्रस्त हुँदै नेपालको भविष्यलाई समेत अन्धकार बनाउने खालका प्रयासहरु पनि देखिएका छन् ।
अहिले मुलुकमा ठूलो बिपत्ती परेको छ । हिजो दश बर्षे जनयुद्धले निकै थला पारेको हाम्रो देश अव सुन्दर शान्त देशको रुपमा बिकास हुन्छ भन्ने आशामाथि पनि प्राकृतिक प्रकोपले निकै ठूलो क्षति पुर्याएको छ । देशका नागरिकहरु मात्र हैन् देशको अर्थतन्त्र समेत अँझै आगामी दश बर्ष सम्मका लागि सम्हाल्न नसक्ने अवस्थाले थला पारको छ । अव यो देशका नेताहरुले आपसमा लडाँई गर्नुको कुनै अर्थ यहाँ देखिएको छैन् । जवसम्म नेपालका सवै दलका नेताहरु एक हुँदैनन् तवसम्म नेपालको भाग्य र भविष्य अँझै २० औं बर्ष पछाडि धकेलिनेमा कुने दुविदा देखिएको छैन् । बल्ल साझा संकल्प ल्याएर नयाँ काम सुरु गरेका दलहरुले नयाँ नेपाल निर्माणका लागि पनि एकजुट भएर अगाडी बढ्नुपर्ने देखिन्छ किनकी महाविपत्ती पश्चात सरकार मात्र हैन् पुरै शासन सत्ता नै परिवर्तन भएको बिगतको ईतिहाँस हेरेर पनि अव नेताहरुको घैटौंमा घाम लाग्नुपर्ने हो ।








