शोक लाई शक्तिमा बदल्ने गरौ

राजनीतिमा एउटा वाक्य निकै प्रचलित छ ‘शोकलाई शक्तिमा बदल्नुपर्छ’ । अहिले नेपालले जुन शोक व्यहोरिरहेको छ त्यसलाई शक्तिमा बदलेर नयाँ नेपाल निर्माण गर्नुपर्दछ । नयाँ नेपाल निर्माणको सुरुवात भूकम्प प्रभावित क्षेत्रहरुको व्यवस्थित वस्ती निर्माण गरेर, जनतालाई राहत दिएर गर्नुपर्दछ । यो शोकको घडी नयाँ नेपाल निर्माणको प्रतिबद्धताको खाँचो देखिएको छ । राजनीतिक नेतृत्वले यसमा दृढ इच्छाशक्ति प्रदर्शन गर्नुपर्छ । जे नहुनु थियो त्यो भैसकेको छ । अब यसैको पछाडि लतारिएर समय खर्च गर्नुको कुनै अर्थ देखिदैछ । सरकार, राजनीतिक दल सबैले अब अरुले देला र बाँडुला भनेर हैन कि आफ्नो स्रोत साधनले भ्याएसम्म वर्षायाम सुरु हुनु अघि नै घरबार विहीनहरुका लागि सुरक्षित बासको बन्दोबस्त गर्नुपर्छ । प्राप्त सहयोगको सदुपयोग गर्नुपर्छ । अनियमितता गर्नेलाई गम्भीर अपराध सरह सजायँ गर्ने जारी गर्नुपर्दछ । अहिले कतिपयका लागि राहत तथा उद्धारकार्य कमाउने भाँडो पनि भएको छ । कतिपय विदेशी शक्तिका लागि जासुसी गर्न उपयुक्त अवसर पनि भएको छ । यो नेपालका लागि विडम्बनापूर्ण कुरा हो । प्राकृतिक विपत्तिका बेला निस्वार्थी भावले सहयोग गर्नुको साटो सहयोगसंगै आफ्नो अभीष्ट पूरा गर्न खोज्नेहरुसंग सबै सचेत रहनुपर्दछ । नेपाल र नेपालीको शिर झुक्ने काम गर्ने छुट कसैलाई दिनु हुँदैन । आज मुलुक रोइरहेको छ । प्रकृतिको अगाडि मानिसको केही लाग्दैन । त्यसैले नेपालले जुन शोक व्यहोरिरहेको छ, त्यसलाई नयाँ शक्तिमा बदली नयाँ नेपाल निर्माण कार्यमा जुट्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार