महामारी रोकथामका लागी प्रभावकारी कदम चाल्न आवश्यक

  भूकम्पपीडित बसेका शिविरहरूमा सरुवा रोग देखिनुका साथै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेको छ, जसलाई समयमै ध्यान नदिने हो भने महामारीको रूप लिने जोखिम छ । भूकम्पपछि पीडितहरूको बसोवासलाई समयमै व्यवस्थापन गर्न नसक्दा सरुवा रोग फैलिने सम्भावना बढेको छ । विगतमा ठूला भूकम्प गएका मुलुकहरूको इतिहासलाई हेर्ने हो भने पीडितहरूको बसोवासलाई समयमै व्यवस्थापन गर्न नसक्दा महामारी फैलिएको घटना छ । हाइटीलाई नै यसको उदाहरणका रूपमा लिन सकिन्छ । त्यसैले विगतमा यसरी भूकम्प प्रभावित भएका मुलुकहरूको घटना र अनुभवबाट पाठ सिक्दै सम्भावित महामारी           रोकथामका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ । यतिखेर भूकम्पपीडित शिविरहरूमा सरुवा रोगका साथै विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेको खबर सार्वजनिक भएको     छ । अन्य जिल्लाहरूको समस्या पनि उस्तै छ । भूकम्पका कारण घरबारविहीन भएकाहरूले पालको भरमा चिसो भुइँमा रात बिताउनुपरेपछि बालबालिका तथा वृद्धवृद्धाहरूमा निमोनियाँ, आँखा पाक्ने, खोकी, झाडापखाला, ज्वरो र रगतमासीका समस्या देखिन थालेका हुन् । त्यसमाथि दूषित पानीका कारण झाडापखालाको समस्या अझै वृद्धि भएको छ । यस किसिमको समस्या अन्य गाविसहरूमा पनि फैलिन थालिसकेको छ ।
यस्तो अवस्थामा राहत तथा पुनस्थापना कार्यक्रम हरु राजधानीमा बढी  केन्द्रित भएको देखिन्छ । यस्तै स्वास्थ्य उपचारहरु पनी राजधानीमामात्र बढी केन्द्रित भएको    छ । सबै सेवाहरु  राजधानी केन्द्रित नभएर देशका सम्पूर्ण भु–भागहरु जुन ठाउँहरुमा भुकम्पले प्रभावीत भएका छन्,त्यस्ता ठाउँहरुमा पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार