नेपालमा भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीय स्थल तथा हवाई दुर्घटनाको सम्भावना नकार्न सकिँदैन, पञ्चांग निर्णायक समिति नेपालले गत फागुनमा प्रकाशित गरेको २०७२ सालको पात्रोमा वार्षिक भविष्यफलमा लेखिएको छ, केही वर्षदेखि विद्यमान जलवायु परिवर्तनको कुप्रभावले तापक्रममा प्रतिकूलताले सबैतिर अशान्ति छाउला ।
यो मात्र हैन् विज्ञानका ज्ञाताहरुले समेत नेपालमा खतरा छ भन्न थालेको करिव २ बर्ष बितिसकेको बेला आएको भूकम्पले काठमाण्डौं लगायतका स्थानहरुमा जती क्षती गर्छ भनेर अनुमान गरिएको थियो त्यसको तुलनामा भने कमि भएको पनि विश्लेषण गरिएको छ । यस्ता कुराहरुलाई मध्यनजर गर्ने हो भने आगामी दिनहरुका लागि बिषय विशेषज्ञहरुले ज्योतीष र विज्ञानका बारेमा छुट्टा छुट्टै बहस र छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने जरुरी देखिएको छ ।२०७२ साल मंगलबारदेखि सुरु भएको छ । महिनामा पाँचवटा मंगलबार बुधवार र बिहिवार परेका कारण पनि अनिष्ट हुने संकेत ज्योतीष बिज्ञानले पहिल्यै दिईसकेको बताएको थियो तर यसवारे राज्य वा अन्य विभिन्न निकायहरु संवेदनशिल हुन सकेनन् अन्तमा बिपती परिसकेपछि मात्र यसवारे चासो र चिन्ता देखिएको छ ।
यती मात्र हैन् नेपालमा यस अघि भएका जस्ता सुकै घटना र परिदृश्यहरुको समेत पुर्व अनुमान गरिएको देखिदैन् । विपत्ती आईसकेपछि वा घटना घटीसकेपछि मात्र सम्मान गर्ने, चिन्ता गर्ने अनि पछुतोमा पर्ने हाम्रो परम्परा अवका दिनहरुमा केही परिवर्तन गर्नुपर्ने हो कि ?








