पर्यटन मन्त्राालय र भू गर्भ बिभागले चासो दिनुपर्छ

दैलेख प्रकृतिको सुन्दर नगर हुनसक्छ भन्नेमा कसैलाई समस्या हैन् । मुलुमा यतीवेला देखिएको बिपत्तिका बारेमा चर्को वहस र पैरवी भैरहेका बेला सरकारले अन्य बिषयहरुमा ध्यान पुर्याउन सकेको छैन् ।
भूकम्प प्रभावीत जिल्लाहरुको जनजीवन जुन रुपले समस्यामा परेको छ । त्यसको सम्बोधन नगरी   सरकारले सुखै पाउँदैन् । यो सँगै सरकारले दैलेखका पर्यटन र सँस्कृतिका बारेमा समेत पक्कै चासो र चिन्ता व्यक्त गर्नुपर्ने बेला देखिएको छ ।
पर्यटन क्षेत्रको बिकासका लागि स्थानीय निकायहरुले समेत अँझै धेरै ध्यान दिनुपर्ने देखिएको छ । हरेक जिल्लाका पर्यटकीय क्षेत्रहरुको सम्बोधन गर्ने , व्यवस्थापन गर्ने र प्रचार प्रसार गर्ने लगायतका कामहरुको महत्वपुर्ण जिम्मेवारी पाएको निकाय पर्यटन मन्त्रालय र त्यस  अन्तरगतको पर्यटन बोर्डले दैलेखमा चर्चामा आएका ऐतिहाँसिक बस्तुहरुको मात्र नभै बिभिन्न गुफाहरु, गुफाभित्र रहेका विभिन्न मुर्तीहरु र त्यसका विभिन्न संरचनाहरुको अध्ययन र अनुसंन्धान गरेर व्यपाक प्रचार प्रसार सँगै  संरक्षणको क्षेत्रमा उचित कदम चाल्नुपर्ने देखिएको छ । दैलेखको तोली गाविस ५ अवलतोलीमा गुफा सँगै गुफाभित्र भगवानका विभिन्न आकृतिहरु देखिएपछि स्थानीयहरुले पुजापाठ सुरु गरेका छन् । अव यसको संरक्षण सँगै प्रचार प्रसारको पहिलो जिम्मा र अधिकार स्थानीयको हो । स्थानीयको प्रयासलाई काँधमा काँध थपेर अँझै धेरै आन्तरिक र बाह्य पर्यटकहरु भित्राउने अभियान सँगै दैलेखका ऐतिहाँसिक सम्पदाहरुको उत्खनन् र त्यसको थप संरक्षणको जिम्मेवारी भने पक्कै पनि राज्यले नै लिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार