स्थानिय निकाय, स्थानिय बासिन्दा दुबैको जिम्मेवारी

  जिल्लाका हरेक बिकास गतिविधिहरुमा ध्यान दिएर चासो देखाउने हो भने अधिकाँस बिकासमा बिधि र प्रक्रिया पुरा भएको हुँदैन् । बिगतका दिनदेखि जिल्लाका बिकास निर्माण गतिविधिहरुमा देखिएका भिन्न भिन्न समस्याहरुका लागि चासो व्यक्त गर्ने निकाय नै मौन बसेका कारण बिकासमा समस्या उत्पन्न भएको कुरा सवैलाई जानकारी छ ।
बिधि र प्रक्रिया थाहा पाएका स्थानीय निकाय र त्यहाँ काम गर्ने ओभरसियर लगायतका योजनाका पदाधिकारीहरुले समेत आम उपभोत्ताहरुलाई उपभोक्ताको काम कर्तब्य र अधिकार सँगै नीतिका कुराहरुमा  जानकारी नदिएका कारण उपभोक्ताहरु बिगतदेखि मर्कामा पर्दे आएका छन् ।
अर्कोतर्फ स्थानीय निकायहरुले हरेक बर्ष लाखौं रकम कन्टिजेन्सिका लागि भनेर कटाउँछन् बिधि र प्रक्रिया अनुसार उक्त रकमले योजना अनुगमन गर्ने ओभरसियरहरुलाई खर्च, आम उपभोक्ताहरुलाई तालिम, हरेक योजनाहरुमा बोर्ड टाँस्नुपर्ने हो तर अहिलेसम्म योजनाहरुको बोर्ड बनेको छैन् कतिपय उपभोक्ताहरुले आफैले बोर्ड निर्माण गर्ने तयारीमा रहेका छन् । नीति र विधि थाहा नपाएका उपभोक्ताहरु थप रकमका रुपमा रहेको दश प्रतिशत रकम तिर्न बाध्य बनेका छन् । पछिल्ला दिनहरुमा यसवारे गाउँ गाउँमा अभियान अन्तरगत बिधि र प्रक्रियाको जानकारी गराईएको छ । सोही अनुरुप रहेर आम उपभोक्ताहरुले दिगो रुपमा संचालन हुने र पारदर्शी रुपमा योजनाहरुमा सम्पन्न गर्न सक्नुपर्दछ । प्रक्रियामा पुगेर योजना सम्पन्न गर्दा समेत थप     रकम र उपभोक्ताहरुलाई समस्या पार्ने काम कहि कतैबाट भएमा सवैको खवरदारी हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार