पछिल्ला बर्षहरुमा सानो काम पनि अरुले गरिदेला भनेर कुर्ने प्रचलन नेपालीहरुको बढेको छ । त्यसमाथि दैलेखमा अँझै धेरै यसले समस्या पारेको छ । सरकारले खुलादिशामुक्त अभियान चलाउँदा समेत यस्तो देखिएको थियो । बिपन्न वर्गका नागरिकहरुलाई सौचालय बनाउन सहयोग पुग्ला भनेर विभिन्न गैर सरकारी निकायहरुबाट धेरै वा थोरै केही सहयोगहरु नभएका होईनन् तर सौचालय अर्काको लागि हो कि जस्तो गरेर अल्छिपना देखाएको अवस्थाको विश्लेषण गर्ने हो भने दैलेखमा परनिर्भरता निकै बढेको अनुमान गर्न सकिन्छ ।
यो त एउटा उदाहरण मात्र हो । गाउँमा आएका हरेक बिकास गतिविधिहरुलाई मध्यनजर गर्दा समेत अहिले समस्या उत्पन्न भएको छ । बिकास आयो भन्दा पनि थाहा छैन् के बन्यो भन्दा पनि थाहा नहुने र आफ्नो लागि आएको हो कि होईन भन्ने चर्चा बढी हुने जस्ता कार्यहरुले समेत समस्या उत्पन्न गराउने देखिएको छ ।
अर्कोतर्फ लगानी गर्दा बिचार नपु¥याउने र बिग्रेपछि मात्र पछुतोमा पर्ने चलन अहिलेपनि कायमै रहेको छ । दैलेखको तोली गाविसमा रहेको नेरा मावी भाँङ्गारी बिद्यालय बग्ने खतरा देखिएको छ । यस्ता कुराहरुको पुर्व सुचना पाएका जिम्मेवार निकायहरुले सोच नपुर्याएकै कारण आएको समस्या समाधानका लागि स्थानीय नागरिकहरु, जिल्ला शिक्षा कार्यालय र गाउँ विकास समितिले बेलैमा चासो र चिन्ता व्यक्त गर्नुपर्ने देखिएको छ । जिम्मेवार निकायहरुले यसवारे एकपटक सोच गरेर केही नयाँ कार्य थालनी गर्ने हो कि ?








