महाबु सडक नेताको नाटक

   पाँच बर्ष अघि दैलेख सदरमुकाममा हुने व्यपार व्यवसाय र अहिलेको व्यापार व्यवसायको तुलना गर्ने हो भने दैलेखमा आकाश पाताल झै  फरक पना देखिएको छ ।
जुनसुकै जिल्लाहरु त्यतीवेला मात्र आर्थिक रुपले सम्पन्न हुन्छन् जतिवेला जिल्लाभन्दा बाहिरका व्यापारीक क्षेत्रहरुसँग प्रत्यक्ष समन्वय हुन्छ वा कारोवार हुन्छ । अथाव कुनै ठूला उद्योग र कलकारखानाहरु जिल्लामा खोलीन्छन् । पछिल्ला दिनहरुमा दैलेख सदरमुकामको व्यापार व्यवसाय भनेको केवल गाउँका केही साना बजारहरुमा  बाहेक अन्य जिल्लाहरुसँग यसको क्षेत्र विस्तार हुन सकेको छैन् । उद्योग र कलकारखानाको त कुरै नगरौं ।
भलै जिल्लामा खोलीएका विभिन्न निजी बैकहरुले यतीवेला सम्म लगानी गरिरहेका कारण केही समय सम्मको लागि मात्रै भएपनि व्यज तीर्न सक्ने क्षमता राख्ने जिल्लाको व्यापार व्यवसाय घट्दै गएकोप्रति चिन्ता मात्रै व्यक्त गरिएको छ तर कुनै ठोस कदम भने चाल्न सकिएको छ । किनकी विगतदेखि दैलेख पनि अरु कसैको उपनिवेशको रुपमा पर्दै आएको छ । जिल्लाको महत्वपुर्ण महावु जुम्ला सडक बिगत १० बर्षदेखि खनिदै छ तर गन्तब्यमा पुग्न अँझै १० बर्ष लगाउने नाटकहरु समेत भैरहेका छन् ।
यस्तो बेलामा उद्योग बाणिज्य संघ र व्यापारीहरुले समेत ठोस कदम चाल्न नसक्नु एउटा बिडम्बना हो भने जिल्लाका नेताहरुले समेत नाटकीय काम बाहेक अरु केही नगरेकोले पनि दैलेखको भाग्य र भविष्य केही बर्षका लागि पछाडी धकलिदै छ यो सँगै यहाँको पर्यटन र अन्य  कुराहरुमा पनि समस्या हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार