१ महिना खबरदारी जरुरी

नेपाल सरकारले अहिले भूकम्पका समस्यामा परेका जिल्लाहरु बाहेक अन्यत्रका जिल्लाहरुमा के कसो भएको छ भनेर हेर्नै, अनुगमन गर्ने लगायतका अन्य फुर्सद नहुने पक्का भएको छ । काठमाण्डौं लगायतका अन्य जिल्लाहरुमा भूकम्पका विभिन्न समस्याहरु भैरहेका बेला दैलेख लगायतका पहाडी जिल्लाहरुमा भने कामै नगरेर रकम खर्च गर्ने प्रवृती पनि बढ्न सक्ने देखिन्छ ।
भौगोलिक बनावट सँगै पहाडी जिल्लाहरुमा बर्षको करोडौं रकम सकड लगायतका विभिन्न टुक्रे योजनाहरुमा खर्च गरिन्छ तर ठोस उपलब्धिहरु भने अहिलेसम्म देख्न सकिने अवस्था छैन् । यसका लागि सम्वन्धित जिल्लाकै विभिन्न निकायहरुले बेलैमा चासो र चिन्ता गर्नुपर्ने ठूलो माग बिगतका बर्षदेखि सुरु भएकै कारण पछिल्ला बर्षहरुमा सडक गुरु योजना निर्माण गरेर गुरु योजना अन्तरगत      रकम खर्च गर्ने परिपाटीको बिकास भएको छ यसले केही हदसम्म बिकासमा दिगोपना ल्याउने      देखिन्छ ।
यसपालि पनि बिशेष बजेट, क्षेत्र बिकास बजेट लगायतका विभिन्न बजेटहरुको धेरै जसो रकम सडक निर्माणमै बिनियोजन गरिएको छ । धमाधम डोजर लगाएर आज सडक बनाईन्छ रातभर ठूलो बर्षात भयो भने भोली त्यो बाटो भेटीदैन् । अनि पर्सिपल्ट ओभरसियर गएर बाटो पास हुने गर्दछ । यस्तो अवस्था भन्दा अव सडक खन्नमा प्रयोग हुने बजेटको कम्तिमा आधा बजेट नालि बिस्तारमा खर्च गर्नुपर्ने तर्फ सम्वन्धित निकायहरुले ध्यान दिनुपर्ने देखिएको छ । आम नागरिकहरुले यसवारे खबरदारी जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार