प्रोत्सान भत्तामा घोटला नगर

बृद्धहरुले दशै अगाडी मिठो मसिनो खाऊन्, अपाँङ्गहरुले सामान्य भएपनि सरकारले सेवा दिएको छ भन्ने कुरालाई महसुस गरुन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिव निमुखा जनताहरुको पहुँच बिस्तार होस् जस्ता विभिन्न कुराहरुलाई मध्यनजर गर्दै सरकारले केही निश्चित बिधामा प्रोत्साहन भत्ता बितरण गर्दै आएको छ ।
सरकारले प्रदान गरेको भत्ताले आत्मसम्मानमा बृद्धि हुनुको साथै  सरकारले नागरिकहरुलाई सेवा भावले हेरिरहेको छ भन्ने कुरालाई महत्वका साथ अगाडी बढाएर थोरै भएपनि प्रोत्साहान भत्ता       बितरण गर्दै आएको छ ।
असक्त असाहाय नागरिकहरुका लागि दिएको प्रोत्साहन भत्तामा समेत मनपरी हुन थालेपछि अन्य बिकासमा कति रकम तलमाथि भएको होला भन्ने आशंका उत्पन्न हुने धरै ठाउँहरु देखिन थालेका छन् । सुत्केरी महिला जसले स्वास्थ्य संस्थामा सुत्केरी भए बापत सरकारले एकमुष्ट १ हजार ४ सय रकम प्रोत्साहन स्वरुप दिदै आएको छ ।   सुत्केरी भएको १० महिना सकिदा समेत भत्ता नपाएका गाउँका नागरिकहरुलाई सेवा प्रवाहको मुल्याँकन गर्न सदरमुकामबाट टोलि नगएको भए  भत्ताको कुरै उठ्ने थिएन र उनीहरुले सायद भत्ता पाउने अवस्था पनि थिएन् । केही उदाहरणका रुपमा देखिएका यस्ता घटनाहरुले समग्र सेवा प्रवाहको स्थितीलाई स्पष्ट झल्काईदिएको छ । अव सम्वन्धित निकायहरुले यसवारे स्पष्ट हुनुपर्ने देखिएको छ भने प्रोत्साहन भत्तामा घोटाला गर्नेहरुलाई कार्वाही सँगै अन्य स्थानहरुमा भएका यस्ता समस्याहरु पनि बाहिर ल्याउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार