इलाका स्तरमा सवै कार्यालयहरुको एउटै काम ताला बन्द नागरिकलाई नजिकको ईलाका कार्यालय मार्फत सेवा प्रदान गर्नका लागि नेपाल सरकाले बिभिन्न ईलाका स्तरमा कार्यालयहरु स्थापना गरेको छ । दैलेख जिल्ला भित्र रहेका दुर्गम स्थानहरुमा ईलाका स्तरका विभिन्न सेवा केन्द्रहरु संचालनमा ल्याई राज्यका कामहरु संचालनमा आएका छन् ।जिल्लाभर संचालित यस्ता ईलाकास्तरका कार्यालयहरुमा अधिकाँस समय कर्मचारीहरु फेला पर्दैनन् , न त प्रभावकारी सेवा नै प्रदान गरिएको छ । भौगोलिक समस्याका कारण कर्मचारीको दरवन्दी अभाव भएका जस्ता समस्याहरु देखाएर मात्रै छोडीन्छ तर समस्या समाधानका लागि भने कुनै ठोस नीति र नियम बनाइएको देखिदैन् ।
सम्बन्धित कार्यालयहरु अधिकाँस समय बन्द हुने गर्दछन् । कार्यालय बन्द भएपछि नागरिकले पाउने सेवा प्राप्त गर्न निजी संस्थाहरु वा सदरमुकाम दैलेख बजार आउनुपर्ने बाध्यता हिजोदेखि आजसम्म कायमै रहेको छ । ११ वटा ईलाकाहरुबाट प्रवाह गरिने सेवा सुविधाहरुलाई आम नागरिकले सहज रुपमा प्राप्त गर्नका लागि गरिएका अनुगमन र त्यो सँगै सम्वन्धित कार्यालयहरुको प्रत्यक्ष निगरानी पनि अर्को महत्वपुर्ण पाटो हो । मातहतका कार्यालयमा कर्मचारी उपस्थित छ कि छैन् ? सेवा राम्रो दिएको छ कि, छैन् ? यस्ता कुराहरुको मुल्याँकन गर्ने पहिलो जिम्मेवारी सम्वन्धित कार्यालयको हुन आउँदछ । अर्कोतर्फ जिल्ला कार्यालयहरुबाट बिनियोजन हुने बजेटहरु समेत कार्यलय प्रमुख वा लेखा प्रमुखले ईलाका स्तरका कर्मचारीहरुलाई जानकारी नगराउने बिगतको प्रचलनका कारण पनि ईलाका स्तरमा चुस्त दुरुस्त सेवा प्रवाहमा कठिनाई भएको छ । अव जिम्मेवारी कसको हो ?








