उदयमान ताराको निधन प्रती हामि पनि दुःखी

 साँच्चै दैलेख जन्मेका र हुर्केका अनि दैलेखसँग लामो सम्वन्ध बिस्तार भएका होनाहार व्यक्तित्वहरु दैलेखको नाम चिनाउन नेपालमा मात्र हैन् बिदेशमा समेत चर्चित बनेका छन् ।
जन्मघर दैलेख भएका र कर्मघर काठमाण्डौं देखि अमेरिका सम्म रहेका दैलेखका उच्च ओहदाका व्यक्तिहरु सरकारी जागिरमा मात्र हैन् अन्य विभिन्न निकायहरुमा पनि नाम कमाएका भेटीन्छन् । कला साहित्य, सँस्कृति लगायतका विभिन्न बिधामा रहेर दैलेखको ईज्जत राख्ने सवै श्रष्ठाहरुलाई हामिले सम्झना मात्र गरिदिएपनि उहाँहरुको मान र सम्मान बढ्ने छ ।
जिल्लाको उदयमान ताराको रुपमा उदाउँदै गरेका नेपाली सेनाका क्याप्टेन तपेन्द्रको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । २९ बर्षको कलिलो उमेर मेजर बन्ने अन्तिम दिन कुरिरहेका उनले दैलेखको भूगोलबाट नेपाली सेनामा ठूलै ओहदाको मान्छे बन्न सक्ने अवसर पाएका थिए । अरुभन्दा भिन्दै स्वभाव , नयाँ सोच र उर्जाशिल बिचारका रुपमा अगाडी बढ्दै गएका रावलको निधन दुःखमा परेका नेपालीहरुको उद्धारका लागि जाँदा भएको    छ ।
उनको निधनमा नेपाल सरकार समेत दुःखी  छँदैछ । सवार भएको अमेरिकी हेलिकप्टर भएकोले पनि अमेरिकी सरकारले पनि उचित सम्मान दिनुपर्ने देखिन्छ ।
राम्रो काम गरेर आफुसँगै दैलेखको नाम पनि चिनाउन सफल हुँदै गएका क्याप्टेन तपेन्द्र रावल प्रति हामी पनि श्रद्धासुमन ब्यक्त गर्दछौं । उहाँको निधनले हामीलाई पनि निकै दुःखीत बनाएको छ ।
चिरिएका नेपाली मनहरुमा मलम पट्टी लगाउन खटिएका तपेन्द्रको मृत आत्माको चिर शान्तिको कामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार