जिल्लाका अभियानहरुमा नाटकीए पन धेरै

   आजभोली सरसफाई सप्ताहा संचालन  भैरहेको छ । सरसफाई सप्ताहा सँगै जिल्लामा विगतदेखि विभिन्न थरिका अभियानहरु संचालन भैरहेका छन् । कहिले हात धुने अभियान, कहिले दिशा लुकाउने अभियान, कहिले वातावरण जोगाउने अभियान , कहिले पारदर्शी अभियान यस्ता धेरै अभियानहरु संचालन हुनु जिल्लाको लागि निकै राम्रो कुरा हो ।
जिल्लामा संचालन हुने यस्ता अभियानहरुमा कुनै न कुनै दातृ निकायले सिधै या घुमाउरो पाराले लाखौं लगानी गर्नुपर्ने बाध्यता रहेको छ । सौचालय बनाउने अभियानले दैलेखलाई निकै समस्या भएको छ । बेला बखतमा आउने यस्ता अभियानहरु केही समयका लागि मात्र देखावटी हुने र निरन्तरता नपाउने समस्या जिल्लामा धेरै छ ।
अहिले समग्र दैलेख जिल्लालाई खुलादिशामुक्त जिल्ला घोषणाको तयारी अन्तिममा पुगेको छ । अहिलेसम्म करोडौं रकम अभियानका नाममा सम्वन्धित निकायहरुले खर्च गरिसकेका छन् तर अँझै अभियानले पुर्णत पाउन सकेको छैन् ।
कुनै दातृ निकायले संचालन गरेपछि मात्र अभियान थालिने परम्परा कहिले अन्त्य हुने हो त्यो सोचनिय बिषय बनेको छ । यस्ता अभियानहरु अभिनयमा सकिने र ठोस उपलब्धि हातमा नपर्ने प्रचलनका कारण मानिसहरुमा परनिर्भरताको सृजना भएको    छ ।  सौचालय बनाउने सिमेन्ट, पाता, सरिया समेत दिनुपर्ने हाम्रो समाजको कहिले स्तर उठ्ने हो त्यो पनि समस्याग्रस्त अवस्थामा छ । जहिले सम्म आम नागरिकहरुको चेतनास्तरमा बृद्धि हुँदैन तवसम्म यस्ता नाटकिएपनाका विभिन्न अभियानहरुले जिल्लामा     निरन्तरता पाउने देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार