धार्मीक आस्था र मनपरी

मध्यपश्चिमको पर्यटन क्षेत्रको विश्लेषण अध्ययन र अनुसंन्धान गर्ने हो भने दैलेख बिशेष महत्वको जिल्ला भित्र पर्दछ । अन्य जिल्लाहरुमा एक दुईवटा ऐतिहाँसिक महत्वका बस्तुहरु रहेको भएपनि दैलेखमा सयौंको संख्यामा ऐतिहाँसिक मह्त्व बोकेका मन्दिरहरु, अन्य पुर्वाधारहरु रहेका छन् ।
दैलेखमा अmँझै बिशेष महत्वका साथ धार्मिक पर्यटनलाई अगाडी बढाउन सकिने राम्रो संभावना समेत रहेको छ ।
पंचकोशी क्षेत्र धार्मिक पर्यटनका हिसावले निकै महत्वको क्षेत्र रहेको छ भने जिल्लाका अन्य विभिन्न स्थानहरुमा धार्मिक आस्था र विश्वासमा समेत निकै बढावा भएको पाईन्छ ।
स्थानीय  नगारिकहरुले आफ्नै सक्रियतामा पनि जिल्लाका विभिन्न स्थानहरुमा रहेका  ऐतिहाँसिक महत्वका बस्तुहरु संरक्षणमा जुटेका छन् । अन्य नयाँ नयाँ स्थानहरुमा समेत धार्मिक आस्था र विश्वासकै आधारमा मुर्तीहरु भेटीन कामहरु पनि जिल्लामा बढ्दै गएको छ ।
धार्मिक आस्था र विश्वासभित्र अडिक रहेका आम धर्मावलम्बिहरुले  गरेको मेहनत , धार्मिक संस्कार र  आस्थालाई कतिपय स्थानहरुमा मनपरी रुपमा प्रयोग        गरेको समेत पाइन्छ । धार्मिक आस्थाका आधारमा विभिन्न मेला र सप्ताहरु जिल्लाका विभिन्न स्थानहरुमा लगाइएका छन् । त्यस्ता कार्यहरुमा        गरिएको खर्चको एकिन जानकारी भने कही कतै दिइएको छैन् । बिभिन्न महत्वका धार्मिक कार्यहरु संचालन गर्दा खर्च गरिएको बिवरणमा मनपरी खर्च नभै पारदर्शीता समेत अबलम्वन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार