उद्योगीहरु तातीनु पर्यो

    मध्यपहाडी राजगमार्ग कसैको व्यक्तिगत स्वार्थमा जोडीनुपर्ने, अन्यौलनमा पर्नुपर्ने बिषय पक्कै होईन्। सरकारले पहिलो प्राथमिकतामा    राखेको  राजमार्ग भएकोले यसको भिन्दै महत्व     रहेको छ ।
दैलेखको समग्र बिकासको महत्वपुर्ण पाटोको रुपमा रहेको मध्यपहाडी राजमार्गका विभिन्न खण्डहरु निर्माण सम्पन्न भएको चार बर्ष बितिसकेको छ । करिव ३ किलोमिटरको खण्डका मात्र बिवाद नमिलेका कारण अहिलेसम्म २० औं वटा निर्णयहरु हुँदा समेत मध्यपहाडी राजमार्गको सदरमुकाम दैलेख बजार खण्डको निकाश हुन सकेको छैन् ।
निकाश नहुनुको पछाडी कसैको लुकेको स्वार्थ हुनु स्वभावीक होला तर दैलेख सदरमुकामको जुनुसुकै पायक पर्ने स्थानबाट सडक जानुपर्दछ भन्नेमा सवै सहमती भएको देखिन्छ तर सडक जाने बाटोको भने अँझै निकाश हुन नसकेका कारण सडकको काम अगाडी बढ्न सकेको छैन् ।
दैलेख भन्दा धेरै पछाडी काम सुरु भएका अन्य स्थानहरुमा अहिले पक्कि सडक निर्माण गर्ने काम सुरु भैसकेको छ तर दैलेखको बिवाद भित्र खास    कुरो के छ भन्ने अँझै बाहिर आउन सकेको छैन् ।राजमार्ग सदरमुकाम नभइ अन्यत्र गएको खण्डमा सवैभन्दा बढी मर्का पर्ने यहाँको व्यापार व्यसाय हो । यो सँगै अन्य सवै ब्यवसायहरु धरासाई हुने पक्का देखिन्छ । दलहरु र जिल्ला प्रशासनले गरेको पहल लाई बिशेष ध्यान दिदै जिल्लाका समग्र उद्योग बाणिज्य संघ, उद्योगी, होटल व्यापारी लगायतले मध्यपहाडीको निशका लागि अन्तिमपटक दबावमुलक पहल थाल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार