दैलेख जिल्लालाई असार ७ गते खुलादिशामुक्त जिल्ला घोषणाको तयारी गरिएको छ । सौचालय बनाउने तयारी गरेको झण्डैं एक दशक पुगेपछि जिल्लाभर सौचालय बनाईएको तथ्याँक पेश गरिएको छ तर सदरमुकाम नजिकैका कतिपय स्थानहरुमा अँझै सौचालय बन्न सकेका छैनन् ।
सौचालय बनाउने तयारी भएको छ । बारेको छाप्रो सम्ममा भएपनि नागरिकहरुले लुकेर दिशा गर्नुपर्छ भन्ने चेतनामा भने बिकास भएको छ । अभियान कर्ताहरुले समेत निकै मेहनत गरे पश्चात अभियानले मुर्त रुप लिन सफल भएको हो । घोषणा सफल पार्नका लागि अहिले बिभिन्न समितिहरु र उपसमितिहरुको निर्माण गरिएको छ समितिहरुले प्रस्तुत गरेका बजेटहरुको सार हेर्दा धेरै खर्च दाबी गरिएको भन्ने गुनासो समेत आएको छ ।
एक दिनको कार्यक्रमका लागि झण्डौं १२ लाख अँझै बढ्न सक्ने बजेट खर्चगर्दा त्यसको प्रभाव र मितव्ययीतालाई पनि ख्याल गर्नुपर्ने देखिएको छ । दैलेखमा महोत्सव वा अन्य विभिन्न ठूला खाले कामहरु गर्दाखेरी मोटो रकम फजुलमा खर्च गर्ने प्रचलन झै नहोस् खुलादिशामुक्त अभियान ।
अभियान सफल पार्नका लागि मात्र नभएर अँझै धेरै कामहरु गर्नुपर्ने देखिएको छ । अहिलेसम्म अभियानका लागि कति रकम खर्च भयो भन्ने कुरा आम नागरिकहरुलाई सम्वन्धित सबै पक्षले खुला मञ्चमबाटै यसको जानकारी गराउनुपर्ने पनि अहिलेको आवश्यकता हो । नागरिकहरुलाई अधिकार दिन्छौं भन्नेहरुलेनै अधिकार कटौती गरेर जनताको लागि काम गरेका छौं भन्नुपनि सान्र्दभिक हुँदैन् त्यसैले पारदर्शीता गर्नुपर्ने आवश्यकता हो ।








