अब संविधान निर्माणलाई अवरोध गर्नुहुँदैन

  संविधान निर्माणका लागि नेपाल र नेपालीहरुले दिएको बलिदानीको आधारमा समेत नेपालका राजनीतिक दलहरुले गम्भिर चासो र चिन्ता व्यक्त गुर्नुपर्ने समयमा अहिलेसम्म संविधान निर्माणको काममा सहजता देखिएको छैन् ।
संविधान देशको मुल कानुनसँगै जसले निर्माणको जिम्मेवारी जनस्तरबाट प्राप्त गरेको त्यसैको वा त्यही दलको बढी जिम्मेवारी हुन आउँछ । किनकी संविधान सभामा एउटा मात्र सिट प्राप्त गर्नेहरुका मागहरुलाई समेटेर लिने र सवैको चित्त बुझ्दो संविधान बनाउन थालेको खण्डमा नेपालमा कहिल्यै पनि संविधान आउन नसक्ने देखिन्छ । पछिल्ला दिनहरुमा दलवीच देखिएको  दुरी कम भएको छ भने १६ बुदे सहमती लगायतका बिषयहरुमा छलफल भए पश्चात अव नेपालमा संविधानको मस्यौदा सँगै जनताहरुले केही नयाँ व्यवस्था आएको अनुभव गर्न पाउने दिन को संकेतहरु देखिएका छन् । संविधान पहिलोपटक जारी हुन थालेकोले समेत सवैका हक र अधिकारहरु यसमा उल्लेख नहुन पनि सक्छन् तर मुलभुत बिषयहरुमा साझा समहती गरेर नेपालमा देखिएको भूकम्प पछिको पुर्न निर्माणका बारेमा दलहरुले अँझै गम्भिर हुन सकेनन् र एकमत जाहेर गर्न सकेनन् भने पक्कै पनि भोलीका दिनहरुमा दलहरुका लागि झनै समस्याका दिनहरु आउन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार