जनतालाई समयमै सुचना दिनुपर्छ

 जनतालाई सुचनाको हक प्रदान गरेको बर्षौ भै सक्दा पनि अँझै जनताहरुले पाउनुपर्ने सुचना प्राप्त गर्न सकेका   छैनन् । बिशेष गरेर सरकारी कार्यालयहरुबाट प्रवाह गरिएका सेवा सुविधाहरुको पुर्ण जानकारी आम जनतालाई दिनुपर्ने पहिलो कर्तब्य भएपनि कतिपय सरकारी कार्यालयहरुले नै सुचना दिन मान्दैनन् । गैर    सरकारी संघ संस्थाहरुको हालत पनि त्यस्तै प्रकारको रहेको छ । संचारकर्मीले माग गरेका सुचना समेत कतिपय गैर सरकारी संघ संस्थाहरुले दिन नमानेका उदाहरण दैलेखमा पनि धेरै छन् ।
दैलेखको ईलाका नम्बर ३ मा निर्माणको अवस्थामा रहेको दुईवटा हाइड्रो कम्पनीहरुले समेत जनतालाई समयमै सुचना नदिएका कारण अहिले आन्दोलनका विभिन्न रुपहरु देखा         परिरहेका छन् ।
स्थानीयहरुले शेयर पाउने सुविधा, क्षतीको सुविधा, निशुल्क बत्ती लगायतका बिषयमा नीतिगत रुपमा के कस्ता प्रावधान छन् कसरी सुरु गर्नुपर्छ जनताले पाउने अधिकार सम्झौतामा छ कि छैन, यस्ता कुराहरु लुकाउँदै एकपछि अर्को गर्दै गुमराहमा राखेकै कारण जनताहरु बेला बेलामा आन्दोलनमा उत्रनुपर्ने बाध्यता देखिएको छ । कम्पनीको नीति र सरकारको व्यवस्थाका बारेमा किन समयमै सुचना दिन डर मान्छन् सम्बन्धित निकायहरु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार