स्थानीय बस्तुहरुको बजारीकरण, उत्पादन र जिल्लाका ऐतिहाँसिक धार्मिक र पर्यटकीय क्षेत्रहरुको पहिचानका लागि दैलेखमा हरेक बर्ष अनिवार्य महोत्सव वा मेलाहरुको आयोजना गर्नुपर्ने जरुरी देखिन्छ ।
बिगतका दिनहरुमा दैलेखको पहिचानका लागि बिभिन्न मेला र महोत्सवहरु संचालन भए र सम्पन्न भए त्यसले दैलेखको पहिचानमा अवश्य पनि ठूलो महत्व पु¥याएको छ । मेला महोत्सवहरुमा लाखौं आम्दानी हुने बाहिर जिल्लाका उदाहरणहरु भएपनि दैलेखमा अहिलेसम्म संचालन गरेका महोत्सवहरु कुनै पनि फाईदामा पुग्न सकेनन् ।
जिल्लाको पहिचानका लागि भनेर गरिएका यस्ता कामहरुले जिल्लाको नाम राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै चिनाउन भने सफल भएको छ । तर राज्यका महत्वपुर्ण व्यक्तिहरुले आफुहरुको थर उत्पती भएका स्थानहरु भुलेका छन् ।
दैलेख उद्योग बाणिज्य संघको आयोजनामा काठमाण्डौंमा गरिएको फोटो प्रर्दशनीले अँझै दैलेखलाई बिश्वमा चिनाउन निकै ठूलो सहयोग गरेको देखिन्छ । दैलेख उद्योग बाणिज्य संघले यसपालि पनि महोत्सव आयोजना गर्ने तयारी गरेको छ । २०७२ सालभित्र दैलेख महोत्सव गर्नका लागि प्रारम्भिक कार्य शुरु गरेको दैलेख उद्योग बाणिज्य संघले विभिन्न व्यापारी, उद्योगी, अन्य गैर सरकारी संघ संस्थाहरु, सरकारी कार्यालय सँगै काठमाण्डौंमा रहेको पर्यटन मन्त्रालय लगायतसँग अहिलेदेखिनै बैठक, छलफल र बहस गराउनुपर्ने देखिन्छ । अर्कोतर्फ यो देशको भाग्य र भविष्य निर्माण गर्ने केही महत्वपुर्ण व्यक्तिहरुका साथै विभिन्न जातजातीको उद्गम थलो मानिने दैलेखमा प्रधानमन्त्री सुशील कोईरालाको कोईराला गाउँ, पुष्पकमल दाहाल प्रचण्डको दाहाल गाउँ, झलनाथ खनाल र माधव नेपालको नेपा गाउँ, लगायतका विभिन्न स्थानहरु हेर्न दैलेख आउनुपर्छ भन्दै आजैदेखि ठूला मान्छेको ध्यान केन्द्रि त गर्न सकेमा मात्र राज्यको ध्यान दैलेखको पर्यटनमा पर्ने देखिन्छ ।








