जिल्लाको निकै महत्वपुर्ण निकाय, जसले शिक्षाको उज्यालोमार्फत सारा अन्धकारलाई हटाउने काम गर्दछ । सबै गल्ति र कमि कमजोरीहरुलाई निश्छल ज्ञानले भरिपुर्ण बनाएर भोलीका उज्याला ताराहरु जन्माउने काम गर्दछ । यती महत्वपुर्ण शैक्षीक क्षेत्रको रुपमा रहेको जिल्ला शिक्षा कार्यालयले आफै नीति बिपरित काम गर्नु पक्कै पनि राम्रो होईन् ।
हामी कुनै न कुनै समाज भित्रबाट बाँधीएका छौं त्यो सवैलाई थाहा छ । समाजले हिजो जे सिकाएको थियो भोली त्यसैलाई अनुसरण गरेर यो राज्यको संरचना बनाउने, नीति बनाउने र कानुन बनाउने मानिसहरु यही समाजबाटै माथिल्लो निकायमा पुग्ने गर्दछन् ।
साँचो कुरालाई व्याख्या र बिश्लेषण गर्दा तत्थ्य बंगाउँदै बिश्लेषण गर्नुभन्दा धरातल सँगै आफ्ना गल्ति र कमिकमजोरीहरुलाई आगामी दिनहरुमा दोहार्याउन नदिने प्रण गर्न सकेमा मात्र सभ्य समाजको निर्माण हुने गर्दछ । त्यतातर्फ ध्यान जान सकेमा अँझै राम्रो हुने देखिन्छ । दुर्गम स्थानहरुमा रहेका विद्यालयहरु सँगै अन्य विभिन्न भौतीक पुर्वाधारको जिम्मा लिएका निकायहरुले समेत व्यवहारिकता भित्र समस्या उत्पन्न गराउने काम आगामी दिनहरुमा गर्नु हुँदैन् । कर्मचारीहरुलाई व्यावहारिकतामा दबाव सृजना गर्ने र अफ्ठेरोमा पार्ने प्रचलन जिल्लामा बिगतदेखि हुँदै आएको छ । आगामी दिनहरुमा सवै मिलेर यस्ता गलत क्रियाकलापहरुलाई पुन दोहोरीन नदिनका लागि समयमै सचेत भएर अगाडी बढ्नुपर्ने देखिन्छ ।
बास्तबीकतालाई ढाकछोप गर्न व्यक्तिगत कुराहरुलाई अगाढी बढाएर पानी माथिको ओबानो बन्नुभन्दा सबैले बुझेको कुरा सुनाउँदा राम्रो होला ।








