मध्यपश्चिमका नेता पहुँच र बुद्धि

 मध्यपश्चिमका जनताहरुले प्रधानमन्त्री सुशिल  कोईराला सँगै गृहमन्त्री बामदेव गौतम आफैसँग पाएका छौं भनेर मख्ख परे, न बजेटमा मध्यपश्चिमको भूमिका राम्रो देखियो न संघियतामा, न सिमाँकन नै । सुर्खेत मध्यपश्चिमको उदाउँदो शहर भने नेपालगंज औधोगिक शहर हो यस्ता ठूला शहरहरुलाई छुट्टा छुट्टै बनाएर अहिले केही नेताहरुले आफ्नो पहुँचका भरमा सिमाँकनको कुरा गरेका छन् ।
मध्यपश्चिममा पनि सुर्खेत अँझै महत्वको जिल्ला हो, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला, जुम्ला लगायता जिल्लामा न त अहिलेसम्म गतिलो नेताको जन्म भएको देखियो नत उदयमान नेता नै भेटीए, सवै नेपालजंग र अन्य ठूला नेताहरुकै आर्शिबादमा हुर्किएका कारण अहिलेसम्म मध्यपश्चिमका नेताहरुमा अखण्ड मध्यपश्चिमको नारा उठ्न सकेन ।
हामिले यहाँ उदाहरण प्रस्तुत गर्ने हो भनेपनि १ बर्ष अघि सुदुरपश्चिमका नेताहरुले साझा मञ्चबाट बोले अखण्ड सुदुरपश्चिम । यो अभियानमा काँग्रेस, एमाले, एमाओवादी लगायतका सवै दलहरु एकमत भए । तर मध्यपश्चिमका नेताहरु कानमा तेल हालेर त्यतीवेला सुते । अहिले राती परेपछि ततीने बुढीको चलन जस्तो गरेर तातिनुले जनतालाई दुःख र मृत्युको मुखमा  पु¥याउनु बोहेक अरु केही देखिदैन् ।
समयमै ध्यान पुर्याउन नसकेका कारण अहिले समस्यामा परेको छ मध्यपश्चिम । न त मध्यपश्चिमको बारेमा बोल्ने नेताहरु नै छन् । किनकी सवै नेताहरुले मध्यपश्चिमलाई भाग्य निर्माण गर्ने थलो मात्र बनाए जनताहरुको भाग्य र भविष्य निर्माण गर्ने तर्फ लागेनन् । अहिलेको सिमांकनबाट नै स्पष्ट देखिन्छ ।
अहिले ढीलै भएपनि केही नेताहरुको बुद्धि पलाएको छ । सुर्खेतमा चार जनाको मृत्यु भैसकेको छ । दैलेखमा दिनभर जिल्ला प्रशासनमा धर्ना दिईएको छ । कालिकोट, लगायतका जिल्लाहरु सवै तातिएका छन् । यो मुद्धालाई अन्तिम रुप दिन नसके समस्या पुरानै बाहेक नयाँ निर्णय पाउने संभावना कमै देखिएको छ । यसका लागि सरकारले समेत तत्काल निर्णय सच्याउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार