हिजोदेखि आफ्नो धर्म कला सँस्कृति र साँस्कृतिक पहिचान बनाएर अगाडी बढेको मध्यपश्चिमलाई चिरा चिरा पारेर राजनीतिक गर्न खोज्नेहरुलाई अव आम कर्णाली र भेरीका जनताहरुले चुनौती दिनुपर्ने देखिएको छ ।
राँको र सिट्टी बाल्दा पनि नसुन्ने बहिरो सरकारलाई मध्यपश्चिम बिभाजन गर्ने अधिकार कसैले दिएको जस्तो लाग्दैन् । आन्दोलन शान्ति पुर्ण हुँदा पनि त्यसको सुनुवाई नहुने हो भने आम दैलेखका नागरिकहरुले आफ्नो बिरता र ऐतिहाँसिकता प्रर्दशन गर्न थालेभने दैलेखको स्थानीय राज्य मात्र हैन सिंहदरवार बसेको राज्यलाई समेत गम्भिर चुनौती हुने खतरा देखिन्छ ।
जनताहरुले स्पष्ट रुपमा बुझिसकेका छन् राजनीतिक भविष्य अन्धकार हुने भएपछि जनताहरुलाई समस्यामा पार्न खोज्नेहरुलाई खवरदारी दिदै आगामी दिनहरुमा यस्ता धोकेवाज नेता र नेतृत्वका पछाडी जनताहरु पक्कै लाग्नेवाला छैनन् ।
हिजोका मान्छेहरुले गरेको सिंमाँकन भनेर परिवर्तनका लागि जनताका छातीमा लात हान्ने लोकतन्त्र दैलेखका नागरिकहरुले खोजेका पनि थिएनन् खोज्नेवाला पनि छैनन् । बैज्ञानीक र राम्रो छ भने हिजोका महाराज धिराजहरुले गरेकै काम किन नहोस् अहिलेका नेता र नेतृत्वले त्यसको लागु गर्न हिचकिचाहट गर्नु हुँदैन ् ।
्जनताहरुलाई अन्याय भयो भनेर परिवर्तनका लागि लागेका मध्यपश्चिमका जनताहरुको बलिदानलाई सुदुरपश्चिमका केही नताहरुले खल्तिमा राखेर जनतालाई अन्याय गर्नै काम तत्काल बन्द गरिनुपर्दछ सरकारले तत्काल निर्णय सच्याउनुपर्ने देखिन्छ ।








