शिक्षक,कर्मचारी, किसान र मजदुर समेत सडकमा

दैलेखमा एघार दिनदेखी आन्दोलन चर्किएको   छ । जिल्लामा भएको आन्दोलन निकै शान्तिपुर्ण रुपमा संचालन भैरहेको छ । आन्दोलनलाई विभिन्न कोणहरुबाट अराजक बनाउनका लागि भिन्न भिन्न खाले गतिविधिहरुको घुसपैठ अन्यत्र जिल्लाहरुमा भैरहेको भएपनि दैलेखका राजनीतिक दलहरुले निकै चलाखीपुर्ण व्यवहार प्रर्दशन गरेर जिल्लाको आन्दोलनलाई शान्तिपुर्ण बनाउने प्रयास अहिलेसम्म कायमै रहेको छ । शान्तिपुर्ण आन्दोलन गर्दा र मध्यपश्चि ११ दिनदेखी थप्प हुँदा समेत सरकार र सम्वन्धित दल प्रमुखहरु कानमा तेल हालेझै गरि बसेका छन् ।
बन्दका कारण सरकारी कार्यालय, शैक्षीक संस्थाहरु लगायतका विभिन्न क्षेत्रहरुमा दिनप्रतिदिन धरासाई बन्दै गएका छन् । दैलेख जिल्लाभर रहेका करिव १ लाख बिद्यार्थीहरुले पढ्न पाएका छैनन् । सिमाँकन गर्दा दैलेख लगायत भेरी र कर्णालीका नागरिकहरुलाई अन्याय पक्कै भएको छ । यो बिशेष अवस्थामा आम, विद्यार्थी, सरकारी कर्मचारी, शिक्षक, राजनीतिक दल सवैको लडाँई भएकोले पनि सवैले बन्दमा साथ र सर्मथन दिएका छन् । दैलेखमा गरिएको बिरोधका शैलीहरु निकै संवेदनसिल छन् तर पनि राज्यले यसको सुनुवाई गर्न सकेको छैन् । कर्मचारी देखि मजदुर सम्म आन्दोलनमा होमिएका छन् । बिहान बेलुका मान गरेर गुजारा गर्नुपर्ने बाध्यतामा रहेका नागरिकहरु देखि सबैले समर्थन गरेको दैलेखको आन्दोलनको सुनुवाई गर्न राज्यले जती ढिला गर्छ त्यती – त्यती राजनीतिक दलहरुप्रति नागरिकहरुको बितृष्णा बढ्दै जाने र अर्को रुप लिन सक्ने खतरा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार