पर्यटन र निरिह सरकार

 कर्णाली अञ्चलको प्रवेशद्धार भनेर चिनिने महावु लेकमा धार्मिक पर्यटनको बिस्तार गर्न सकिने प्रशस्त संभावना हुँदा हुँदै पनि यातायात लगायतको समस्याका कारण अँझै यो क्षेत्रको प्रचार प्रसार हुन सकेको छैन् ।
दैलेख मुख्य पैदलमार्ग बनेको महावु सँगै दैलेखका पंचकोशी तीर्थस्थलहरु, १५ देवल, कोतगढी लगायतका विभिन्न महत्वका बस्तुहरु अहिलेसम्म ओझेलमा परिरहेका     छन् । सरकार यस्ता ऐतिहाँसिक बस्तुहरुको प्रचार प्रसार गर्नुको साटो आफै निरिह बनेको छ । दैलेखदेखि महावु स्थानसम्म सडक यातायात पु¥याउनका लागि गा्रमिण पहुँच कार्यक्रमले विगत १३ बर्षदेखि करोडौं रकम खर्च गरिसकेको भएपनि हालसम्म सहज यातायात पुग्न सकेको छैन् ।
मनले सोचेको कुरा पुरा हुने भन्दै भगवान शिवको पुजा गर्न जनै पुर्णिमाको अघिल्लो दिनदेखि लगातार तीन दिनसम्म हजारौं भत्तजनहरुले महावुमा पुजापाठ गर्ने गर्दछन् ।
ढुंगाबाटै फुटेर शिव लिङ्ग बनेको स्थान अहिलेपनि जस्ताको तस्तै देख्न सकिने यस्ता ऐतिहाँसिक स्थलहरुलाई राज्यले अहिलेसम्म हेर्न सकेको छैन् । हुँदा हुँदा निरिह राज्यले भेरी र कर्णालीका जनताहरुलाई समेत सिमाँकनको बिषयमा पाखा लगाउने दुस्प्रयास गरेको थियो ।  महावुधामलाई धार्मिक पर्यटन सँगै अन्य पर्यटकहरुलाई सँधैभरी पुग्न सक्ने अवस्था सृजना गर्नको लागि ५ बर्षे उपयुक्त रणनीति निर्माण गरि यहाँको स्थानीय निकाय समेत अगाडी बढ्नुपर्ने देखिन्छ । निरिह सरकारको भर पर्नुभन्दा स्थानीय निकायकै बढी जिम्मेवारी होला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार