दिगो बिकासतर्फ ध्यान देऊ

   जिल्लामा बेला बेलामा हुने भिन्न भिन्न खाले बिकास गतिविधिहरुले जिल्लाको सामान्य आम्दानी बृद्धि गर्नेमा मद्दत भैरहेको भएपनि त्यस्ता बिकासहरु दिगो रुपमा संचालन हुन सकेका छैनन् ।
बिशेष गरेर दैलेखमा देखिएको सडक मोहका कारण बिकास समस्याग्रस्त बन्दै गएको छ । सडकको मोह बढेपछि उद्यारोमा खनिएका कतिपय गाउँका सडकहरुको रकम तिर्न अहिले सम्म गाउँविकास समितिहरुले सकेका      छैनन् । नगरपालिका पनि उस्तै ताल देखिएको छ । बिना योजना खनिएका सडक र भएका बिकास गतिविधिहरुले दिगो बिकासमा निकै ठूलो समस्या उत्पन्न भएको छ ।
गाउँका समस्याहरु मात्र हैनन् सदरमुकाम नजिक निर्माण गरिएका कतिपय सडकहरु समेत हरेक बर्ष भत्कने गर्दछन् अनि पुनः     हरेक बर्ष स्थानीय निकायहरुले रकम बिनियोजन गर्ने गरिन्छ । सडक निर्माण सँगै नालीको      राम्रो व्यवस्थापन गर्न नसकेका कारण बिशेष गरेर सडकको लगानी समस्याग्रस्त बन्दै गएको छ ।     अवका दिनहरुमा स्थानीय निकायका रुपमा गाविस, जिविस र नगरपालिकाले सडकमा लगानी गर्दा दिगो पना सँगै नालिको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न सकेको खण्डमा पक्कै पनि आगामी दिनहरुमा गरिएका बिकास गतिविधिहरु केही मात्रामा दिगो हुन सहयोग पुग्ने देखिन्छ । सदरमुकाममै हुने बिकासलाई कम्तिमा पाँच बर्ष चल्ने बताउन तर्फ लाग्ने हो की ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार