कला,सँस्कृति र ईतिहाँसको खोजी गरौ

कसैले रकम लगानी गरिदिएपछि मात्र घुम्ने कसैले खोजी गरिदिनुहोस भनेपछि मात्र खोजी गर्ने , केही समय खोजी गर्ने अनि पुनः त्यसको कुनै पनि वास्था नगर्ने हाम्रो बिगतको प्रचलनका कारण दैलेखको धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक महत्वका बस्तुहरु बेला बेलामा चर्चामा आउने अनि हराउने गरेका छन् । दैलेखको परिचय मात्र हैन जिल्लामा बर्षेनी हजारौं पर्यटकहरु आउन सक्ने संभावना बोकेका क्षेत्रहरु अहिलेसम्म आझेलमा परेका छन् । काठमाण्डौं राज्य चलाउनेहरुले समेत दैलेखको एतिहाँसिकतालाई विश्वास नगरेका बेला बाह्य पर्यटनहरु जिल्लामा आउने त कुरै भएन
अँझै केही बिग्रेको छैन् जसले हिजो दैलेखको लागि प्रयास गरे, दैलेखको कला सँस्कृति जोगाउने ज –जसले आ आफ्नो स्थानबाट सहयोग गरे सबैलाई धन्यवाद दिदै राष्ट्रिय संचार माध्यामहरुमा दैलेखको नाम चिनाउने अभियानहरु निरन्तर चलाईराख्नुपर्ने देखिन्छ ।
अहिलेसम्म दैलेखको निरन्तर बजिरहने डकुमेन्ट्रि समेत निर्माण हुन सकेको छैन ।
पंचकोशी क्षेत्रको महत्व र पंचकोशी गन्तब्य , महावु धाम, दैलेखको ऐतिहाँसिकता, मौलीकता लगायतका विभिन्न बिषयहरु छुट्टा छुट्टै पर्यटन भित्राउने महत्वपुर्ण अंगका रुपमा स्थापित हुन सक्ने गतिलो संभावना हुँदा हुँदै पनि सम्बन्धित निकायहरुले त्यसको सहि सदुपयोग गर्ने नसकेको अवस्था देखिएको     छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार